पाल्पा। रामपुर नगरपालिका–७, किसानबारीमा शनिबार देखि दोस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । १० उत्कृष्ट क्लवहरुको सहभागिता रहेको प्रतियोयोगिताको शनिबार उट्घाटन गरिएको हो ।
ज्योतिपुञ्ज क्लवको २८ औं वार्षिक उत्सवको अवसर आयोजित दोस्रो संस्करणको प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले उट्घाटन गर्नु भएको थियो । प्रतियोगिताको उट्घाटन गर्दै सारुले राष्ट्रलाई चिनाउने उत्कृष्ट माध्यम खेलकुद भएको बताउँदै यसको खेलकुदको विकासको लागि प्रदेश सरकार निरन्तर रुपमा लागी परेको बताउनुभयो । उहाँले रामपुर उदयीमान शहरको रुपमा रहेको बताउँदै रामपुरलाई कालीगण्डकीको मुख्य शहरको रुपमा विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारका लागि रहेको बताउनुभयो । फुटबलको विकास, स्थानीय खेलाडीलाई प्रोत्साहन संगै रामपुर नगरको पहिचान तथा पर्यटन प्रवद्धर्नका लागि क्लवले प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।
प्रतियोगितामा रुपन्देही, पोखरा, काठमाडौँ, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीका उत्कृष्ट १० क्लवले सहभागीता जनाएका छन् । प्रतियोगितामा गन्नी फुटबल क्लब पोखरा, देवदह ब्वाईज रुपन्देही, आयोजक ज्योतिपुञ्ज युवा क्लब पाल्पा, होराइजन क्लब वालिङ, भैरव स्पोर्ट नवलपरासी, युनाइटेड युथ क्लब गिरवारी पुर्वी नवलपरासी, फर्साटिकर फुटबल क्लब रुपन्देही, त्रिशक्ति युथ क्लव काठमाडौ, २८ बिघा युथ क्लब कावासोती पुर्वी नवलपरासी, न्यू युथ युनियन तानसेन पाल्पाले प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ३ हजार ३३३ र उपविजेताले १ लाख ७७ हजार ७७७ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीलाई १५ हजार ५५५ र प्रत्येक विधामा ७ हजार ७७७ व्यवस्था गरिएको छ ।
खेल आगामी कार्तिक १० गतेसम्म रामपुर–७ किसानबारी स्थित ज्योतिपुञ्ज खेल मैदानमा हुने प्रतियोगिता अन्तर्गत आइतबार दुई खेल हुँदैछ । पहिलो खेलमा विहान साढे ११ बजे २८ विघा युथ क्लव नवलपुर र होराईजन युथ क्लव वालिङले प्रतिस्पर्धा गदैछ । त्यस्तै आयोजक ज्योतिपुञ्ज युवा क्लव र युनाईटेड युथ क्लव गिरुबारी नवलपुरले दिउँसो साढे ३ बजे दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछ