रामपुर (पाल्पा) । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाकाे १७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाकाे उद्घाटन लुम्बिनि प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापति राजुप्रसाद श्रेष्ठले गर्नु भएको हो ।
प्रमुख अतिथि श्रेष्ठले बोल्दै पछिल्लो समय सामाजिक सञ्जालमा रवि लामिछानेलाई मात्र सहकारीको विषयमा पक्राउ गरेको जस्तो प्रचार भए पनि गलत कार्य गर्ने सबै दलका नेताहरु पक्राउ परेको स्पष्ट पार्नुभयो ।
उहाँले देशैभर २९ हजार बढी सहकारीको संख्या रहेको भन्दै यसको व्ययवस्थापन र नियमनमा सरकारले कडाई गरिरहेको बताउनुभयो । साथै उहाँले लुम्बिनी प्रदेशमा रहेका सहकारीहरुलाई मर्ज तथा एकिकरण गर्नका लागि नीतिगत व्यवस्था गरेर अघि बढ्ने प्रयास गरिरहेको जानकारी दिनुभयो । साथै उहाँले सहकारी मर्ज गरेर थप बलियो र प्रविधि मैत्री बनाउनु आवश्यक रहेको बताउनुभयो । सरकारले सन २०३० भित्र नोट रहित कारोबार गर्ने नीति लिएको भन्दै सोही अनुसार अघि बढ्नु अबको आवश्यकता रहेको बताउनुभयो । ।
सहकारीको सिद्धान्तका बारेमा बोल्दै १०० सेयर हुने र १ सेयर हुने दुबैको अधिकार बराबरको हुने सहमतिमा चल्ने , जनताप्रति चासो हुने अनि सामाजिक दायित्वको काम गर्ने त्यसको छुट्टै संस्था त्यसकारण यसको महत्व छुट्टै रहेको बताउदै पाल्पा जिल्लाको हकमा कुनै पनि सहकारीले गलत प्रवृति नगरेको जानकारी गराउदै समस्या बजारका सहकारीहरु जुन पारीवारीक रुपमा २५ जना सदस्य हुने र सहकारी खोल्ने गरेको ठाउँमा मात्र समस्या आएको बताउनु भएको छ । यहाँ समस्या नरहेकोले आतिन नपर्ने बताउनु भएको छ ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सानाे पुजिबाट रकम जम्मा गरेर सुरु गरेको रामपुर वचत तथा ऋण सहकारी अहिले नमुना सहकारीको रूपमा स्थापित भएको बताउनु भएको छ । रामपुर नगरपालिकाले युवास्वराेजगार व्याज अनुदान कार्यक्रममार्फत २ वर्षका लागि ३० लाखसम्म व्याज अनुदान दिइएको नगर प्रमुख थापाले जानकारी गराउदै व्याज अनुदानका लागि सहकारीले संस्थागत रूपमा सिफारिस गरेर पठाएमा कार्यक्रममा समावेश गर्ने बताउनु भएको छ।
संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीकाे अध्यक्षतामा भएको कार्यक्रममा
अध्यक्ष रेग्मीले संस्थाकाे गतिविधि सहित वार्षिक प्रतीवेदन प्रस्तुत गर्नु भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले जिल्ला कमिटी सदस्य विष्णुप्रसाद रेग्मी, जिल्ला सहकारी संघ पाल्पाका सदस्य ईश्वरीदेवि खनाल, नेकपा एकीकृत समाजवादी पार्टीका रामपुर नगर कमिटी अध्यक्ष फणेश्वर गाैतम, राष्ट्रिय जनमाेर्चाका रामपुर अध्यक्ष रामप्रसाद गैरेले सहकारीको मर्म र भावना अनुसार सेयर सदस्यकाे हितमा रहेर काम गर्न सुझाव दिएका छन् ।
सहिद बहुमुखी क्याम्पस रामपुरका क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले,रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पाेखरेल, रामपुर उद्योग वाणिज्य संघका सचिव विनाेद श्रेष्ठ, संस्थाका सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष नगिलाल पाैडेल, बैंक तथा वित्तीय संस्थाकाे तर्फबाट ग्लाेबल अाइएमई बैंक रामपुर शाखा प्रबन्धक कृष्णप्रसाद भट्टराई, रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटा, सेयर सदस्यकाे तर्फबाट बिन्दु पाेखरेल, रामचन्द्र अर्याल लगायतले बाेल्दै कार्यक्रम सफलताको शुभकामना दिनु भएको छ ।
२०५५ सालमा स्थापना भएको चन्द्रज्योति बचत तथा ऋण सहकारी र २०५७ सालमा स्थापना भएको रामपुर बचत तथा ऋण सहकारी विच एकीकरण भएर २०६५ मा बनेको सहकारीमा हाल ४ हजार ३४९ शेयर सदस्य र एक हजार ८६ जना बाल बचत कर्ता रहेको छ । साथै शेयर पुँजी ५ करोड ७१ लाख ७ हजार र कुल पुँजी ६५ करोड ६३ लाख ४२ हजार ९५२ रुपियाँ पुगेको छ । झोला बाट सुरु भएको सहकारीले अहिले आफ्नै सुविधा सम्पन्न भवन बाट सेवा प्रवाह गर्दै आएको छ । सहकारीले गत आर्थिक वर्षमा एक करोड ३१ लाख १८ हजार ३४९ खुद नाफा गर्न सफल भएको थियो ।
उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमकाे संचालन संस्थाका सचिव किर्तिनाथ श्रेष्ठले गर्नु भएको हो । कार्यक्रममा असल बालवचत कर्ता, नियमित वचतकर्ता, असल ऋणिलाई सम्मान गरिएको छ । कार्यक्रममा भाग्यशाली कुपनबाट सेयर सदस्यलाई उपहार प्रदान गरिएको छ । संचालक समिति सदस्य हजिल मियाले धन्यवाद दिएकाे कार्यक्रममा रामपुर अंग्रेजी अावासिय माविका विद्यार्थीले रमाइलो सास्कृतिक कार्यक्रम देखाएका थिए ।
लेखा समितिकाे प्रतीवेदन लेखा समिति संयाेजक हुमनाथ अर्याल, सचिवकाे प्रतीवेदन सचिव किर्तिनाथ श्रेष्ठ, काेषाध्यक्षकाे प्रतीवेदन काेषाध्यक्ष बन्दना पाेखेलले प्रस्तुत गर्नु भएको थियो । बन्द सत्रको सन्चालन शिक्षा उप समिति सम्योजक पबित्रा पौडेल ढकालले गर्नु भएको हो ।







