सहिद बहुमुखी क्याम्पसमा महायज्ञ हुने

सन्जु परियर   २०८१-०९-०१

पाल्पा । सहिद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा महायज्ञ हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै महायज्ञ हुने जनाएको हो

“क्याम्पसको चाहना, संकाय थप सिपमुलक शिक्षा र छात्रा वासको स्थापना” भन्ने मुल नाराका साथ पौष १६ देखि २३ गते सम्म हुन गैरहेको धनधान्यन्चल श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव २०८१ को तयारी तथा प्रचारप्रसारका विषयमा मूल आयोजक समितिले सोमबार पत्रकारसंग छलफल कार्यक्रम गरेको छ।

कार्यक्रममा बोल्दै मुल आयोजक समितिका अध्यक्ष नेत्र भट्टराईले पुस १६ देखि २३ गतेसम्म हुने महायज्ञ धार्मिक महोत्सव सफल पार्नका का लागि सञ्चार जगतको महत्वपूर्ण स्थान रहेको र रामपुर निकटका सन्चारकर्मीहरुलाइ लागिपर्न आग्रह गर्नुभयो।

महायज्ञ एवम् धार्मिक महोत्सव २०८१ का प्रचार प्रसार संयोजक यम बहादुर सुनारले महायज्ञ सन्चालनका लागी ३० वटा उपसमिति गठन भएको र प्रचार प्रसारका लागि आवश्यक ब्यानर लगाएत प्रचार प्रसार सामाग्री वितरण गर्ने कार्य भैरहेको बताउनुभयो ।

कथा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल र सन्कल्पकर्ता चन्द्रप्रकाश बस्याल ९ध्रुबशरण० को प्रवचन हुने उक्त महायज्ञको प्रचार प्रसार गर्न पत्रकारहरुको अहम् भुमिका रहने बताउनु भयो ।

छलफल कार्यक्रममा स्वागत गर्दै क्याम्पस प्रमुख मुरारी काफ्लेले महायज्ञ, धार्मिक अनुष्ठान र महायज्ञमा दान सहयोग गरि प्रतिदिनको सभानायक र कर्ता बन्ने प्राबधान बारे जानकारी गराउनुभयो।सन्चारकर्मीहरुसंगको छलफल भेलाले प्रचारप्रसारका लागि दुर्गेश मल्ल लाई संयोजक चयन गरेको छ।