जनता आधारभुत बिधालय निस्दी ५ पाग्दीले स्वर्ण जयन्ती मनायो

बाेलीखबर   ८ पुष २०८१, सोमबार २१:५०

पाल्पा। जनता आधारभुत बिधालय निस्दी ५ पाग्दी पाल्पाले स्वर्ण जयन्ती मनाएको छ । “हाम्रो विधालयको स्वर्ण महोत्सव ,अग्रसर्त र सफल्ताको उत्स्व” भन्ने मुल नाराका साथ `जनता स्वर्ण महोत्सव २०८१´ मनाएको हो ।

स्वर्ण महोत्सव २०८१ अबसरमा लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ,उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले कार्यक्रमको उत्घाटन गर्नु हुदै

निस्दीको बिकासका लागि निस्दीमा आन्तरिक व्यवसायी पर्यटन व्यवस्थापन गर्नुपर्ने बताउनु भयो। साथै विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न अभिभावकको अहम भुमिका रहने बताउनु भयो । जनता आधारभुत बिधालयमा विशेष पुर्वाधार व्यवस्थापन गर्न आगामी आर्थिक बर्षमा बजेट बिनियोजन गर्न पर्यत्न गर्ने प्रतिबद्धता व्यक्तगर्नु भयो ।

निस्दी गाउँपलिकका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले बिधालयहरुमा विद्यार्थी संख्या घट्नुको विशेष कारण पत्ता लगाई समाधान गर्ने योजाना पालिकाले बनाएको बताउनु भयो । सथै दिवा खाजा थप व्यवस्थापन र बिधालयहरुमा क्षात्राबास व्यवस्थापन गर्ने निर्णय गरेको बताउनु भयो ।

वडा अध्यक्ष दुर्गा बहदुर सोमैले विभिन्न भौतिक र आर्थिक समस्यलाई जोड दिनु पर्ने बताउनु भयो।

बिधालयका प्रधानाध्यापक बिष्णु सोमैले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

हेम बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्राध्यापक बसन्ती राज सारुको स्वागत मन्तव्य तथा संचालन बिबस राना र रेम बहादुर आलेले गर्नु भएको थियो । स्वर्ण महोत्सवको अबसरमा विभिन्न बिधालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।