निस्दीमा ‘एकीकृत घुम्ती शिविर’ चल्दै (तस्बिरमा)

बाेलीखबर   ११ पुष २०८१, बिहीबार १३:०८

पाल्पा । निस्दी गाउँपालिकाको एकीकृत घुम्ति शिविर शुरु भएको छ । पालिका कार्यालयबाट दिने सेवा गाउँ स्तरमा नै दिने गरि एकीकृत शिबिरको आयोजना गरेको हो ।

आ.ब. २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाले स्वास्थ्य सेवा, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, माटो परिक्षण, योजना सम्झौता, व्यवसाय दर्ता, पशु औषधि वितरण, रोजगार सुरक्षा सामग्रि वितरण र अभिमुखिकरण, लघु उघम सामाग्री प्रदर्शन, ज्येष्ठ नागरिक सम्मान, असहाय महिला र वालिका सहायता वितरण, डकुमेन्ट्रि प्रदर्शन लगायत विविध सेवा दिएको पालिकाका अध्यक्ष मुक्त बहादुर सारूले बताउनु भयाे ।

घुम्ती शिविर पालिकाकाे ७ वटै वडामा संचालन हुनेछ । निस्दी १ बाकामलाङ देखि सुरूभएकाे शिविर, सहकाेट, झिरूवास र मित्यालकाे मुढाबासमा सम्पन्न भएकाे याेजना अधिकृत तथा सूचना अधिकारी सराेज खनालले बताउनु भयाे ।

गाउँमै सेवा पाएपछि स्थानीय नागरिक खुशी भएका छन् । सेवा लिन आफ्नै पालिका पुग्न पनि निकै समस्या छ निस्दी १ बाकामलाङकी सिमा रानाले भन्नुभयो-गाउँमै आएको सेवाबाट यहाँका नागरिकलाई सहज भएको छ ।

अन्य दिन कार्यालयमा नागरिककै काम गर्नुपर्ने भएकाले शाखा प्रमुख तथा सबै कर्मचारीको सहयोगमा बिदाको दिनपनि नागरिकको सेवामा सबै खटिएको र पायक नपर्ने र भौगोलिक हिसाबले दुःख र टाढाका नागरिकलाई सेवा दिईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउनुभयो ।

तस्बिरः निस्दीगाउँपालिका कार्यालय