माथागढी १ चिदीपानीमा “बालमैत्री स्थानीय शासन” बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता जस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्न एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
बालमैत्री गाउँपालिका निर्माण गर्ने अभियानमा माथागढी गाउँपालिका निरन्तर लागि परेको वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो। एक दिने अभिमुखिकरण कार्यक्रमा । कार्यपालिका सदस्य तुल्सा न्यौपाने, वडा सदस्यहरु डुकुल ब गाहा, टोल ब मश्राङ्गी, लिला कुमारी बिक, शिक्षा साखा सम्योजक प्रकास पाठक राजनितिक दलका प्रतिनिधि , बिभिन्न बिध्यालयका अध्यक्ष प्र अ , युवा क्लबका अध्यक्ष , सङ्घ सस्थाका प्रतिनिधि, आमा समुहका अध्यक्ष , सामुदायिक महिला स्वयमसेबिकाहरु, बालबालिका , समाजसेबि बुद्दिजिबिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रशिक्षकको रुपमा सौभाग्य माबिका प्र.अ तथा शिक्षा समिति सदस्य कृष्ण प्रसाद खनाल, चिदीपानी स्वास्थ्यचौकी प्रमुख धुर्ब सुनारले अभिमुखिकरण गर्नुभएको भेलाले वडा स्तरिय एक निर्देशिका बमोजिमको समिति गठन गरेको छ भने टोल स्तरको भेला गरि बाल क्लब निर्माण गर्ने बिभिन्न सुचक पुरा गर्न सबैपक्ष लाग्ने बाल बिवाह लगाएतका बिभिन्न बिषयमा सचेत रहदै मिति २०८२ चैत्र मसान्तसम्म बालमैत्री वडा घोषना गर्ने निर्णय सहित सामुहिक प्रतिबद्दता जनाइएको छ।
कार्यक्रम वडा अध्यक्ष राजकुमार पन्थीको अध्यक्षता वडा सदस्य लिला कु बिकको स्वागत सचिब राजु ज्ञवाली को सन्चालन्मा सम्पन्न भएको हो।