पाल्पा । शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा यही पुस १६ गते देखि २३ गतेसम्म हुन गइरहेको धनधन्यान्चल श्रीमद् भागबत ज्ञान महायज्ञ एबं धार्मिक महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । शहीद क्याम्पसमा सङ्काय थप, सिपमुलक शिक्षा सञ्चालन र छात्रवास निर्माणको लागि हुन गैरहेको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव हुन लागेको हो ।
महायज्ञको उद्घाटन मंगलबार उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुहुनेछ । महायज्ञको तयारी स्वरुप आइतबार अर्थ संकलन उपसमिति संयोजक सुकदेब पोखरेलको अध्यक्षतामा बैठक बसी आर्थिक संकलन सम्बन्धि छलफल गरेको छ । त्यसैगरी आजै अतिथि सत्कार ब्यबस्थापन उपसमिति संयोजक बिष्णुमाया ढकालको अध्यक्षतामा बैठक बसि अतिथि सत्कारका बिषयमा छलफल गरेको छ ।महायज्ञको तयारीका सन्दर्भमा दिनहुँजसो विभिन्न उपसमितिहरुको बैठक तथा भेला भइरहेको मुल आयोजक समितिले जनाएको छ ।
प्रचारप्रसार अन्तर्गत विभिन्न संचार माध्यमबाट सूचना, बिज्ञापन प्रशारण एबं प्रकाशन, माइकिङ मार्फत प्रचारप्रसार, पर्चा पम्प्लेट वितरण, ब्यानर टाँस्ने लगायतका काम तीब्रगतिमा भइरहेको प्रचारप्रसार उपसमिति संयोजक यम बहादुर सुनारले जानकारी दिनुभयो । महायज्ञको तयारी अन्तर्गत यज्ञ स्थल निर्माण ,ध्वजा पतकाले सजाउने लगायत अन्य तयारीका कामलाई तीव्रता दिइएको मुल आयोजक समितिका उपाध्यक्ष सुकदेब पोखरेलले बताउनुभयो ।
महायज्ञ मुल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले क्याम्पसमा नयाँ संकाय थप गर्न, प्राबिधिक शिक्षाको बिकास गर्न र छात्राबास भवनको निर्माण गर्ने उदेश्यले महायज्ञ गर्न लागिएको बताउनुभयो । उहाँले यो महान कार्यमा सम्पूर्ण कालीगण्डकी बेसीका जनताहरुको साथ सहयोगको अपेक्षा राखेको बताउनुभयो । महायज्ञको नेपाल सरकारका उपप्रधान एबं शहरी बिकास मन्त्री प्रकाशमान सिहंले उद्घघाटन गर्ने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । महायज्ञमा प्रमुख कथा बाचक पण्डित दिनबन्दु पोखरेलको मुखारबिन्दबाट कथाबाचन हुने जनाइएको छ ।
महायज्ञका कार्यक्रम अन्तर्गत पुस १६ गते बिहान ९ बजे कलशयात्रा र दिहुसो १२।३० बजे महायज्ञको समुदघाटन हुने जानकारी गराइएको छ । पुस १७ गतेदेखि २२ गतेसम्म बिहान ७ बजेदेखि १० बजेसम्म पुजापाठ, १००८ सालिग्राम पुजन, दिहुसो संगीतमय कथाबाचन तथा झाँकी, साँझ आरती भजनकृतन हुनेछ । पुस २३ गते विशेष कार्यक्रमको आयोजना गरी महायज्ञको समापन गरिने क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले जानकारी दिनुभयो ।