पाल्पा, १६ पुस । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले भौतिक विकासलाई मात्र नभई आध्यात्मिक ज्ञानलाई पनि महत्त्व दिनुपर्ने बताउनुभएको छ । उहाँले
मङ्गलबारदेखि आयोजना गरिएको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले आफुले सक्दो सहयोग गर्ने भन्दै सबै मिलेर समाजको बिकास गर्न जरुरी रहेको बताउदै , धार्मिक प्रवचन श्रवण मात्र नभई त्यसलाई बुझेर ग्रहण गरी हाम्रो दैनिक जीवनमा कार्यान्वयन गर्न सक्यो भने प्रभावकारी हुने बताउनुभयो । महायज्ञले समाजमा हुने विकृति र विसङ्गतिलाई हटाउन ठूलो योगदान पुर्याउने हुँदा हाम्रो जीवन पद्धतिलाई फाइदा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
रामपुर उपत्यका भविष्यमा नमूना र व्यवस्थित सहर बन्न सक्ने भएकाले योजनाबद्ध ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री सिंहले यसको लागि सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि मिलेर काम गर्न सुझाव दिनुभयो । साथै उहाँले विकास निर्माणको काममा जनप्रतिनिधिले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभयो । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीमध्ये छात्राहरू धेरै रहेकाले एउटा छात्रावास र क्याम्पसको पूर्वाधार निर्माणका लागि गरिएको यस महायज्ञ सफलताको उहाँले शुभकामना दिनुभयो ।
महायज्ञ उद्घाटन सत्रमा पाल्पा क्षेत्र न १ का साम्सद नारायण प्रसाद आचार्यले बोल्दै पुर्बी पाल्पाको शैक्षिक बिकासको मेरुदण्डको रुपमा रहेको बहुमुखी क्याम्पसलाइ बिकास गर्न हिजो देखि लागीरहेको र भोली पनि आफुले सहयोग गर्ने बताउनु भएको छ । उहाँले समाज रुपान्तरणमा शिक्षाको महत्त्व रहेको बताउदै छात्राबास सहित क्याम्पस सन्चालन गर्न खोजिएकोले सबैले दान गरेर पुर्ब विद्यार्थीहरुले पनि आफुले पठेको ठाउँ सम्झिए मात्रै पनि उद्देश्य पुरा हुने बताउनु भएको छ । त्यस्तै शुभकामना दिनेहरुमा जिल्ला समन्वय समितिका सम्योजक टंकनाथ खनाल , रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा , पालीकाका तर्फबाट बौदिकाली गाउँपालीका प्रमुख प्रकाश ओजा,महिलाहरुको प्रतिनिधित्व गर्दै पुर्बखोला गाउँपालीकाको उपाध्यक्ष भागीरथि भट्टराई , लगाएतले महायज्ञ सफलताको शुभकामना दिनु भएको थियो ।
बाचन शिरोमणि दिनबन्धु पोखरेलले संगीतमय सैलीमा दिने प्रवचनबाट रू पाँच करोडसम्म दान सङ्कलन हुने अपेक्षा गरिएको मूल आयोजक समितिका अध्यक्ष एवं क्याम्पस सञ्चालक समिति अध्यक्ष नेत्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । क्याम्पसमा अध्ययन गर्न आउने टाढाका विद्यार्थीलाई छात्रावास निर्माण, सङ्काय थप र सीपमूलक शिक्षा सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले बताउनुहुन्छ ।
क्याम्पसमा विभिन्न धर्म र समुदायका विद्यार्थीहरू अध्ययन गर्न आउने भएकाले सबै धर्म र समुदायका व्यक्तिको सहभागितामा यज्ञ सञ्चालन गरिएको छ । ‘सहिद क्याम्पसको चाहना, सङ्काय थप, सीपमूलक शिक्षा र छात्रवासको स्थापना’ भन्ने नाराका साथ आजदेखि सुरू भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुनेछ ।
उद्घाटन हुनुभन्दा अघि शोभा कलशयात्रासहित नगर परिक्रमा गरिएको थियो । पुस १६गतेदेखि २३ गतेसम्म बिहान ७ बजेदेखि १० बजेसम्म मूलपाठ, एक हजार आठ शालिग्राम पूजन र परिक्रमा, ११ बजेदेखि सङ्गीतमय शैलीमा कथा प्रवचन र साथमा कलात्मक झाँकी प्रदर्शन, साँझ ४ बजेदेखि ५ बजेसम्म विद्यार्थीलाई नैतिक प्रवचनका लागि शैक्षिक प्रवचन, साँझ ५ देखि ६ बजेसम्म फूलप्रसाद वितरण र ६ बजेदेखि ७ बजेसम्म विशेष प्रवचन हुनेछ ।
क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदै आएको छ । समुदायस्तरबाट सञ्चालित क्याम्पसमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर जिल्लाका करिब एक हजार एक सय विद्यार्थी अध्ययनरत रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस २०४८ सालमा स्थापना भएको क्याम्पसमा हाल ५० जना प्राध्यापक तथा कर्मचारी कार्यरत रहेका छन् ।
पूर्वी पाल्पाकै सबैभन्दा ठूलो शैक्षिक संस्थाको रूपमा रहेको यस क्याम्पसलाई यो क्षेत्रमा शिक्षा आर्जन गर्ने महत्त्वपूर्ण मेरूदण्डको रूपमा लिइन्छ । विसं २०४६ को जनआन्दोलनमा सहिद हुनुभएका सूर्यप्रसाद घिमिरेको सम्झनामा यहाँ क्याम्पस स्थापना गरी सञ्चालन गरिएको हो ।