महायज्ञको चौथो दिन३० लाख बढी संकलन,हजारौंको उपस्थिति

बोलि खबर   २१ पुष २०८१, आईतवार १२:२८

पुस ।
पाल्पा, शहिद क्याम्पसको चाहाना संकाय थप सिपमुलक शिक्षा र छात्राबासको स्थापना भन्ने नारा सहित सुरु भएको महायज्ञमा शनिबार हजारौं श्रद्धालुभक्तजनहरुले सहभागीता जनाएका छन् । धनधान्याञ्चल श्रीमद् भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा प्रवचन सुन्न तथा दानका लागि पुगेका हुन ।

महायज्ञमा शनिबार एकै दिन ३० लाख ७५ हजार ८ सय ७४ रुपैयाँ दान संकलन भएको थियो । महायज्ञमा हाल सम्म एक करोड ३७ लाख २८ हजार ६ सय ८४ रुपैयाँ ७७ पैसा बराबरको दान संकलन भएको शिक्षक सुनिल देवकोटा जानकारी दिनु भएको छ ।

शहीद क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा सञ्चालन र टाढा बाट आउने विद्यार्थीको लागि छात्राबासको स्थापना गर्ने उद्देश्यले सञ्चालन भएको यज्ञ स्थलको पण्डाल तथा क्याम्पस परिसरमा बाक्लो उपस्थिति रहेको थियो ।

शनिबार रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय रामपुर ५ बाट ९५ हजार ७ सय ६० रुपैयाँ, रामपुर नगरपालिका ७ कठान बस्ने टिका प्रसाद श्रेष्ठ बाट ६१ हजार रुपैयाँ, रामपुर नगरपालिका ३ बस्ने खगेश्वर पाठक र मनिकुमारी पाठक बाट ५५ हजार ५ सय ५५ रुपैयाँ, रामपुर नगरपालिका ७ बहखोला बस्ने धनराज गौतम बाट ५३ हजार ३ सय ५३, गैडाकोट न.पा. २ स्थित ज्योती पौडेल, सूर्य कुमारी पौडेल र तेजकुमारी पौडेल बाट ५१ हजार ५ सय ५५्र रुपियाँ, रामपुर नगरपालिका ७ बस्ने बालकृष्ण लम्साल बाट ५१ हजार १५० रुपैयाँ, रामपुर नगरपालिका ५ रानाटोल बस्ने कृष्ण कुमारी राना बाट ५० हजार ५ सय ५५ रुपैयाँ र रामपुर नगरपालिका ७ बस्ने थमनाथ पोखरेल बाट ५० हजार ५ सय ५५ दान प्राप्त भएको छ ।

उहाँहरु सहित शनिबार दुई सय ७६ जना व्यक्ति तथा संघ संस्था बाट महायज्ञमा दान संकलन भएको मूल आयोजक समितिले जनाएको छ । महायज्ञको उट्घाटनको दिन रामपुर नगरपालिका बाट घोषणा भएको ५१ लख ५१ हजार ५५१ सहित ५३ लाख ६८ हजार ४ सय ३ रुपैयाँ दान संकलन भएको थियो । प्रवचन सुरु भएको पहिलो दिन जग्गा सहित १६ लाख ९ हजार ४ सय ८१ रुपैयाँ, दोस्रो दिन विहिबार ४ लाख ७६ हजार ७९१ रुपैयाँ २२ पैसा र तेस्रो दिन शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले घोषणा गर्नु भएको २० लाख रुपैयाँ सहित ३१ लाख ९८ हजार १३५ रुपैयाँ ५५ पैसा दान संकलन भएको थियो ।

शनिबार सचिवालय दान रकम बुझ्‌नको लागि भ्याईनभ्याई भएको थियो । साथै महायज्ञमा धान संकलन समेत उत्साहजनक रुपमा भैरहेको छ । गण्डकी वेशी क्षेत्रको विभिन्न स्थानमा रहेका धान संकलन केन्द्रहरु बाट धान दान आउने क्रम जारी रहेको छ । हाल सम्म ६ सय ७ मुरी १२ पाथी धान संकलन भएको धान दान संकलन समितिका ऋषिराम रेग्मीले जानकारी दिनुभयो । धान दान गर्नुहने दाताहरुलाई पनि सम्मान गरिदै आएको छ । महायज्ञमा हाल सम्म धेरै दान गर्नु भएका रामपुर नगरपालिका ७ डुम्रीगाउँ निवासी मोहन भट्टराई सभानायकमा रहनु भएको छ । शनिबारको कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको प्रमुख आतिथ्यता रहेको थियो । अध्यक्ष सारुले निस्दी गाउँपालिकाले कार्यपालिकामा छलफल गरी क्याम्पसको लागि सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दबाट संगितमय शैलीमा कथा वाचन भई रहेको छ । महायज्ञमा तुला दान, लाखबत्ती प्रज्वलन, ज्योतिष परामर्श लगाएतका विभिन्न कार्यक्रम भईरहेको छ । साथै दिउँसोमा संगितमय शैलीमा कथा प्रवचन र हरेक साँझमा भजन कृतन भैरहेको छ । महायज्ञ यही पौष २३ गते सम्म सञ्चालन हुनेछ । यस अघि अन्य स्थानमा धनधान्याञ्चल ज्ञान महायज्ञ हुँदै आएपनि संस्कार र संस्कृति प्रवद्र्धनका लागि यस पटक धार्मिक महोत्सवलाई समेत समावेश गरिएको मूल आयोजक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईले बताउनुभयो । महायज्ञमा दान संगै विभिन्न सम्मानका कार्यक्रम भैरहेको छ