पाल्पा । निस्दी गाउँपालिका वडा न ३ खाँदरका मान बहादुर ढेंगा घरमा लिफ्ट सहित खानेपानी पुगेपछि खुसी हुनु भएकाे छ। ढेड घण्टा लगाएर पानी बोक्नु पर्ने बाध्यताबाट हटेपछि ढेंगासंगै स्थानीय खुसी भएका हुन् ।
लुम्बिनी प्रदेश सरकारबाट जनसहभागिता सहित करीब १ करोड ८० लाख लागानीमा लिफ्ट सहित खानेपानी सम्पन्न भएको हो ।
प्रदेश सभा सदस्य अर्थ ,उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथिमा भएकाे उद्घाटन कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले धेरै अप्ठयाराे बाटो हिडेर विभिन्न समस्यहरु सङ्ग लडेर डोकोमा बोकेर खानीपानी ल्याउनु पर्ने बाध्यता हटेको बताउदै यसलाइ व्यबस्थित गर्दै चलाउनु पर्ने बताउनु भएको छ ।

खादर लिफ्टिङ्ग खानेपानी आयोजनाले ८२ घरधुरीलाई २४ घण्टा पानी उपलब्ध गराउने छ । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले निस्दीमा ८० प्रतिशत घरमा पानी पुगेको बताउदै सबैलाइ पानी खुवाउने योजना रहेको बताउनु भएको छ ।


