‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ तयारी बैठक सम्पन्न

बोली खबर   ३ माघ २०८१, बिहीबार ०९:३४

पाल्प । ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१’ तयारी बारे जनप्रतिनिधि ,सुरक्षा निकाय राजनितीक दल ,पत्रकार पदाधिकारी बिच समीक्षा बैठक भएकाेछ।
आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन गरै रहेको मेलाको तयारीका सन्दर्भमा छलफल भएको हो ।

बुधवार रामपुर उद्याेग बाणिज्य संघकाे आयाेजनामा भएकाे बैठकमा अर्थ उद्याेग तथा पर्यटन विकास समिति अध्यक्ष एवं लुम्बिनी प्रदेश साम्सद राजु प्रसाद श्रेष्ठले रामपुरकाे विकास र पहिचान बढाउन रामपुरका विभिन्न संघसंस्थाले गरेकाे कामले प्रसम्सा गर्नु भएको छ । रामपुर उद्याेग वाणिज्य संघले महाेत्सव द्धारा पर्यटन प्रबर्द्धन र कुटिर उद्योग संरक्षण गर्दै आाएकाे बताउनु भएकाेछ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भाेजेन्द्र प्रकाश ढकालकाे अध्यक्षतामा भएकाे बैठकमा ढकालले महासंघको सहकार्य गरेर ठूला लगानी कर्तालाई रामपुर ल्याउन प्रयत्नशिल रहने बताउनुभयो । संघले रामपुर नगरपालिका लगाएत कालीगण्डकी बेशी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको व्यापक प्रचार प्रसार गर्ने, याहाँका कला सांस्कृतिकलाई विश्वमाझ चिनाउने, कृषि जन्य उत्पादनको बजारिकरण गर्ने लक्ष्य लिएको छ ।
रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापा सुरूमा नतात्ने, आवश्यक परे जुट्ने महायज्ञले सन्देस दिएकाे बताउदै मनाेरञ्जन र आम्दानी का लागि महाेत्सव हाे भन्नुभयाे। संघकाे सभाहलमा भएकाे बैठकमा नगर उपप्रमुख बाल कुमारी थापा ,नगर प्रवक्ता तथा वडाध्यक्ष कपिल बहादुर खाँण ,३ नम्वर वडाध्यक्ष दामाेदर पाठक,५ नम्बर वडाध्यक्ष दुर्गा प्रसाद पाेखरेल ७ नम्वर वडाध्यक्ष दाेवराज तिवारी ,नेपाली काँग्रेस नगर सभापति नेत्र प्रसाद भट्टराई ,नेकपा एमाले नगर उपाध्यक्ष अशाेक श्रेष्ठ, सल्लाहाकारहरू सल्लाहकार फणेश्वर गाैतम ,कानुनी सल्लाहकार लेखनाथ शर्मा मरासिनी, हुमनाथ न्याैपाने,कमलराज भट्टराईले महाेत्सव तयारी सम्बन्धमा आफ्ना सुझाव राख्नु भएकाे थियाे ।

संघका अध्यक्ष भाेजेन्द्र प्रकाश ढकाल,प्रचार प्रसार उपसमिति संयाेजक बासुदेव ढकाल,कृषि उप समिति संयाेजक सूर्य प्रसाद रेग्मी, खेलकुद उपसमिति संयाेजककमल राना,साँस्कृतिक उपसमिति दिपक केसीले हालसम्मकाे तयारी कार्य प्रगतिबारे जानकारी गराउनु भएकाे बैठकमा इलाका प्रहरी कार्यालयका प्रमुख राम बहादुर नेपालीले शान्ति सुरक्षा तयारीबारे जानकारी गराउनु भएकाे थियाे । महाेत्सवकाेलागि ३२ वटा विभिन्न तयारी उप समिति गठन गरि तयारी भैरहेकाेछ ।संघका वाणिज्य उपाध्यक्ष बिष्णु बहादुर सारूले सहभागिलाई स्वागत गर्नु भएकाे बैठकको सन्चालन महासचिव पुरूषाेतम केसीले गर्नु भएकाे थियाे ।