प्रधानमन्त्री सुरुङमार्गको ‘ब्रेक थ्रु’मा नजाने, स्वास्थ्यका कारण ‘भर्चुअल्ली’ गर्नुहुने

बाेलीखबर   ११ माघ २०८१, शुक्रबार १३:०६

पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओली पाल्पाका कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम स्थगित भएको छ ।
स्वास्थ्यमा समस्याका कारण् प्रधानमन्त्री ओलीको सचिवालयले पाल्पा साथै बुटवल जाने कार्यक्रम स्थगित भएको जानकारी दिनुभएको हो ।

‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्रीले ‘भर्चुअल्ली’ सहभागिता जनाउनु हुनेछ । ओली अनुपस्थित भएपछि बुटवल र पाल्पामा हुने कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल तथा उप प्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह सहभागी हुनुहुनेछ ।

‘चिकित्सकहरूको सल्लाहमा प्रधानमन्त्रीज्यूले पाल्पा र रुपन्देही जाने पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्नुभएको हो । अब भर्चुअल्ली सहभागी हुनुहुनेछ,’ ओलीको सचिवालय जनाएको हो ।