पाल्पा । सेलटर्न नेपाल कम्पनीको आधिकारिक बिक्रेता आइबेरी होल्डीङ्ग प्रा.लि. बुटवलद्वारा पाल्पाली मोबाइल सेन्टर रामपुर पाल्पालाई भेस्पा स्कुटर हस्तान्तरण गरेको छ । होनर मोबाईल कम्पनीको दशै तिहार बम्पर उपहार योजना अन्तर्गत यो उपहार प्रोपाईटर लेखन्त सुनारीलाई आज हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गर्नुहुँदै लुम्बिनी प्रदेशको आधिकारिक बिक्रेता आइबेरी होल्डीङ्ग प्रा.लि. बुटवलका प्रोपईटर संकल्प श्रेष्ठले दशै तिहार बम्पर उपहार योजना अन्तर्गत स्किम पूरा गरेकाले यो उपहार प्रदान गरेको हो । यो स्किम पाउनलाई ३ महिनामा रु ४० लाख बराबरको होनर मोबाईल खरिद बिक्री गर्नु पर्ने बताउनु भयो ।
स्कुटरको चाबी प्रदान गर्दै लेखन्त सुनारीले यो होनर मोबाइल बालियो, टिकाउ पनि भएकोले धेरै जना ग्राहकको रोजाईमा परेकाले यो योजना हात पार्न सफल भएको बताउनु भयो ।
गैह्रे मोबाइल सेन्टर तानसेन पाल्पा प्रोपाईटर दुर्गा गैह्रेले मैले बिगत ३ बर्ष देखि निरन्तर होनर कम्पनीको मोबाइल बिक्री गरिरहेको छु । अहिले सम्म यो मोबाइलमा ग्राहकहरुको गुनासो नभएकोले ग्राहकहरुको रोजाईमा परेको बताउनु भयो ।
यो उपहार लुम्बिनी प्रदेशभर हाल सम्म ३ वटा भेस्पा स्कुटर, ४ वटा बुलेट मोटरसाइकल सब-डिलरलाई उपहार वितरण गरेको सेलटर्न नेपालका एरिया सेल्स म्यानेजर सरोज बस्नेतले बताउनु भयो । साथै स्किम पूरा गर्ने सव डिलरहरुलाई थाइल्यान्ड, दुबई र फिलिपिन्स टुर प्याकेज रहेको बताउनु भयो ।


