बन्दना पोखरेल
रामपुर (पाल्पा), १६ माघ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन ऐन संशोधन गरेर विदेशबाट आउने काठलाई निरुत्साहित गर्ने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा बुधबार रामपुरमा आयोजित पत्रकार भेटघाट सम्पन्न भएको छ । भेटघाटमा मन्त्री शाहिले विदेशबाट काठ आउने तर स्वदेशी काठ जङ्गलमा नै कुहिने अवस्था अन्त्य गर्न वन ऐन संशोधन गर्ने बताउनु भएको छ । निति परिवर्तन माध्यमबाट स्वदेशी काठलाई जतिसक्दो धेरै प्रयोगमा ल्याउने बताउनु भएको छ ।
वन ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधन, वातावरणीय संरक्षण ऐन नियमावली बनाउने क्रममा रहेको उहाँले जानकारी दिँदै वातावरण परिवर्तनले देशले भोग्नुपरेको बताउनु भएको छ।
“हात्ती, बाघ, गैँडा, बाँदरजस्ता वन्यजन्तुका कारण मानिसले धेरै दुःख पाइरहेको अवस्था छ, बँदेल र बाँदरलाई नयाँ नीति ल्याएर कृषि हानिकारक वन्यजन्तु घोषणा गरेर समस्या समाधानको प्रयास गर्न खोजिएको छ”, मन्त्री शाहीले जानकारी गराउनु भएको छ ।
छ ।
फरक प्रसङ्गमा मन्त्री शाहीले कालीगण्डकी डाइभर्सनको चिन्ता र चासोलाई सरकारसमक्ष राख्ने बताउनु भएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ उद्याेग पर्यटन विकास समिति सभापति राजु प्रसाद श्रेष्ठले जगदिशपुर ताल र खैरेनि क्षेत्र
वन ऐनका पन्छि संरक्षणमा नितिगत व्यवस्था गरेर संरक्षण गर्नु पर्नेमा जोड दिनु भएको छ । खैरेनि सामुदायिक वन पर्यापर्यवरण पर्यटन विकास तिनै तह मिलेर गर्नु पर्ने बताउनु भएको छ ।
भेटघाट कार्यक्रममा रामपुर नगर प्रमुख रमण वहादुर थापा, प्रेस युनियन केन्द्रीय उपाध्यक्ष माधव अर्याल ,खैरेनि सामुदायिक वन अध्यक्ष छायाचन्द्र पंगेनि लगायतको उपस्तिथिमा सम्पन्न भएको थियो ।
प्रेस युनियनका जिल्ला सदस्य प्रकाश ज्ञवालीको स्वागतबाट सुरु गरीएको कार्यक्रमका अध्यक्ष जिल्ला उपाध्यक्ष दान बहादुर हिस्की रहनु भएको थियो भने संचालन सहसचिव इमान सिं रानाले गर्नु भएको थियो । कार्यक्रम रामपुर ८ खैरेनि बन गिद्द संरक्षण क्षेत्रमा भएको हो ।