शहिद दिवसको अबसरमा तानसेन सरसफाइ

बोली खबर   १७ माघ २०८१, बिहीबार ०६:५४


बुधबार बिहान तानसेन नगरपालिकाको प्रशासकीय भवन अगाडि सदाभन्दा भिन्न दृश्य देखियो । सन्दर्भ थियो सहिद दिवसको । यही दिवसको अवसर पारेर तानसेन नगरपालिकाले सहिदको योगदानमाथि संक्षिप्त परिचर्चा चलाएपछि नगर सरसफाई कार्यक्रम गरेको छ ।


प्रशासकीय भवन अगाडि सरसफाइमा प्रदेश सांसद वीर बहादुर राना, समन्वय अधिकारी टंकनाथ खनाल, नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, एसपी नरेन्द्र चन्द लगायतको सहभागिता रहेको थियो । सहिद दिवसको सन्दर्भ पारेर तानसेन नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो । सोही अबसरमा सहीदको योगदानलाई सवैले सम्झनुपर्नेमा जोड दिइएको थियो ।

सरसफाईमा जिल्लास्थित विभिन्न संघ संस्थाका प्रमुख, जनप्रतिनिधि, सञ्चारकर्मी, प्राध्यापक, सर्वसाधारण लगायतको समेत सहभागिता रहेको थियो । तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले नगरलाई सुन्दर बनाउन सवैको साझा दायित्व हुने भन्दै तानसेनलाई सरसफाइयुक्त सहर बनाउनको लागि नगरपालिकाले विभिन्न सरसफाईसम्बन्धी सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको बताउनुभयो ।
सहभागी विशिष्ट व्यक्तिहरूले पनि तानसेनलाई सरसफाई अभियानलाई निरन्तर सञ्चालन गरिनुपर्ने देखिएको धारणा राख्नुभयो । कार्यक्रम तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता र सरसफाई शाखा प्रमुख शंकर भण्डारीको सञ्चालनमा भएको थियो ।
‍‍‍।
सुन्दर नगरी तानसेनलाई सुन्दर बनाउन विशिष्ट व्यक्तिहरूबाट विम्बको रूपमा सरफाई गरिनुपर्दछ भन्ने सन्देश सवैले बुझ्न सकेमा बजारको सौन्दर्यतामा थप शोभा थपिने छ ।