रामपुर बचत तथा ऋण सहकारी संस्थाको अर्ध वार्षिक समिक्षा सम्पन्न

बोली खबर   १९ माघ २०८१, शनिबार १२:४०

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी सस्था लिमिटेडको अर्ध वार्षिक समिक्षा संगै उपसमिति पुन गठन कार्यक्रम सम्पन्न भएको छ । “गुणस्तरीय सेवा सहितको दिगो बित्तीय सहकारी ” भन्ने नाराका साथ अगाडि बढेको सहकारीको समिक्षा बैठक आफ्नै सभा हलमा सम्पन्न भएको हो ।

समिक्षा कार्यक्रममा पाल्पा प्रदेश न १(१) का लुम्बिनी प्रदेश अर्थ उद्योग तथा पर्यटन समितिको सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथि श्रेष्ठले बोल्दै सहकारीले निर्माण गरेको रणनीतिक योजना मिट गर्न समिति उपसमिति नै लाग्नु पर्छ भन्दै सहकार्य र समन्वयबाट नै सहकारी बनेको भन्दै सहअस्तित्व कायम गर्न जरुरी रहेको बताउनु भएको छ ।

सहकारीमा राष्ट्रिय अबस्था हेर्दा अहिले अबसर र चुनौती दुबै छन । यस्लाइ सहकारीको राम्रो सुचना दिने गरी काम गर्दै अगाडि बढ्न अनुरोध गर्नु भएको छ । प्रबिधि सङ्ग जोडिएर प्रबिधि मैत्री पारदर्शी सस्था बनाउन शुभकामना दिनु भएको छ ।

शनिबार एक कार्यक्रमका बिच सस्थाको भएको समिक्षा बैठकमा सस्थाका व्यवस्थापक गोबिन्द पाठकले सस्थाको बिषयमा जानकारी गराउदै आर्थिक बर्ष २०८१/०८२ को हाल सम्मको बित्तीय बिषयमा जानकारी गराउनु भएको छ ।

हाल सम्म सस्थाको बित्तीय अवस्था र कारोबारका बिषयमा बोल्दै ६८ करोड माथिको कारोबार , ५ करोड ८० लाख ३ हजार २सय शेयर पुजी रहेको जानकारी गराउनु भएको छ ।

सस्थाका उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागत बाट सुरु भएको बैठकमा समितिका सदस्य सुर्य प्रसाद श्रेष्ठ , उपसमिति सदस्यहरु तिर्थ प्रसाद ढुंगाना , अशोक श्रेष्ठ ,कबिराज न्यौपाने , लगायतले जिज्ञासा राख्नु भएको थियो ।
सस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मिको अध्यक्षतामा भएको समिक्षा कार्यक्रमको सन्चालन सचिब कृतिनाथ श्रेष्ठले गर्नु भएको थियो । २०५७ सालमा स्थापना भएको सहकारीमा करीब ४५ सय शेयर सदस्य र १०८४ बाल बचत रहेको छ ।