
आर्थिक समृद्धिका लागी उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार भन्ने नारासहित रामपुरमा सञ्चालन भइरहेको चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा विभिन्न खालका स्थानीय उत्पादनको स्टल राखिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा तयार पारीएको लघु उद्यम गाउँपालिकाका महिला उद्यमीहरुले तयार पारीएका स्थानीय उत्पादनहरुलाइ बजारीकरण गरीएको छ । त्यसै क्रममा माथागढी गाउँपालीकाको स्थानीय उत्पादन रामपुर महोत्सवमा देख्न पाइन्छ ।माथागढि मसला उद्योग स्टल न २१ मा रहेको छ । जहाँ मसलाका विभिन्न सामानहरू बेसार, दुना टपरी, त्यस्तैगरी मह यहाँ उत्पादन भएका विभिन्न प्रकारका अचारहरु , सरफ लगाएतका बस्तु पाइन्छ ।
गाउँपालिकाले महिलाहरूको उद्यमलाई एकीकृत गरेर वस्तुहरू बजारीकरण गर्न सहयोग गरेको स्टलमा बस्नु भएका बिर बहादुर सुनार बताउनु हुन्छ ।
गाउँपालिका सामान पक्कै पनि हाम्रो स्थानीय उत्पादन स्थानीयले मेला हेर्न आउनु भएकाले किनिदिनु हुन्छ भन्ने बिश्वास लिएको बताउनु भएको छ ।
“स्थानीय उत्पादित बस्तुको प्रयोग गरौ , उद्यमीलाइ प्रोत्साहन गरौ “भन्ने उद्देश्यले स्थानीय उत्पादनको प्रबन्धन गर्न लागीयको सुनार बताउनु हुन्छ । ५ वटा समुहको उत्पादनलाइ स्टलमा राखिएको जानकारी गराउनु भएको छ ।