
पाल्पा । आज रामपुरमा जारी ‘चौथो रामपुर महोत्सव तथा व्यापार मेला’मा नेपालको चर्चित व्याण्ड कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएको छ । कुमा सागर एण्ड द ख्वप को बिशेष प्रस्तुती रहने भएपछि सबै पासहरू बन्द गरिएको छ ।
उद्योग बाणिज्य संघ रामपुर पाल्पाले आज एक सूचना जारी गर्दै संघले २ बजे पछि महोत्सवमा जारी गरेको सबै पासहरु बन्द गरिएको छ । ४ बजे पछिको टिकट दर रु २ सय रुपैया तोकिएको छ । चर्चित व्याण्ड कुमा सागर एण्ड द ख्वप को विशेष प्रस्तुतीलाई लक्षित गर्दै प्रवेश टिकट रु २ सय तोकिएको आयोजकले जनाएको छ ।
युवापुस्ता माझ लोकप्रिय व्याण्ड महोत्सव स्थलमा शुक्रबार अपरान्ह पाँच बजे देखि गुञ्जिने छ । व्याण्डको हावाको लहर‘।, फुरफुरी‘।, चमेली फूल‘।, ओ चम्फा‘।। छहरी सरि‘, धर्के झोला‘।, रारा तालैमा लगाएतका दजनौं गीतहरु चर्चित रहेको छ ।
युवाका दर्शकहरुको अत्याधिक मागलाई मध्यनजर गर्दै महोत्सवमा कुमा सागर एण्ड द ख्वपलाई महोत्सव प्रस्तुत गर्न लागिएको रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर के.सी. पुरुषोत्तमले बताउनुभयो ।
कुमा सागर एण्ड द ख्वप व्याण्डको प्रस्तुतिलाई थप प्रभावकारी बनाउन आवश्यक थप व्यवस्थापनको कार्य अघि बढाईएको सांस्कृतिक संयोजक दिपक के.सी. बताउनुभयो । व्याण्डको प्रस्तुतिलाई मध्यनजर गर्दै स्टेज, साउण्ड, लाईटको व्यवस्थापनको थप तयारी अघि बढाईएको संघले जनाएको छ ।