चौथो रामपुर महोत्सव हजारौं दर्शनको भिड सङ्गै सम्पन्न

बोली खबर   २८ माघ २०८१, सोमबार ०५:३३

पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको आज अन्तिम दिन समापन समारोह भएको छ ।समापन समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेश अर्थ उद्योग वाणिज्य तथा पर्यटन समितिका सभापति प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ रहनु भएको हो । प्रमुख अतिथि श्रेष्ठले बोल्दै उद्योग वाणिज्य संघको कार्यक्रम सफल भएको बताउदै उत्पादनलाइ बजारीकरण गर्दै लानु पर्ने बताउनु भएको छ । उद्योग वाणिज्य संघलाइ प्रदेश सरकारको तर्फबाट १५ लाख सहयोग गरेको बताउदै यस क्षेत्रको बिकासका बिषयमा बताउनु भएको छ । रामपुर अस्पतालमा ट्रमा सेन्टर बनाउने बताउनु भएको छ ।
एक फरक प्रसङ्गमा श्रेष्ठले कालीगण्डकी हाम्रो सस्कार सभ्यता हो यस्लाइ डाइभर्सर गर्न नहुने तर उपयोगिताका बिषयमा सोच्दै उपयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ गत माघ १५ गते देखि सुरु भएको कार्यक्रम समापन आइतबार समापन भएको हो ।

कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले कृषि र कृषकलाइ प्रोत्साहन गर्ने क्षेत्रको कला सस्कार सस्कृति जगेर्ना गर्न जस्ता काम अहिले महोत्सवमा भएको बताउनु भएको छ । उहाँले पुरस्कृत हुने सबै कृषकलाइ बधाई समेत दिनु भएको छ ।
नगर उपप्रमुख बालकुमारी थापाले उत्पादनलाइ बजार संघ जोड्न उद्योग वाणिज्य संघले गरेको मेला प्रभाबकारी बनेको बताउनु भएको छ । स्टलमा उपमेयर कोशेली घर पनि राखिएको थियो ।
,सल्लाहकारको तर्फबाट हजुलदिन मिया ,नेपाली काङ्ग्रेस नगर सभापति नेत्र भट्टराई , नेकपा एमाले नगर कमिटी अध्यक्ष लील बहादुर गाहा ,नेकपा माओवादी नगर कमिटी अध्यक्ष भिम बिश्व भट्टराई ,सम्पुर्ण वडा अध्यक्षको तर्फबाट दोबराज तिवारी ,नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष बन्दना पोखरेल लगाएतले आफ्ना भनाइ राख्नु भएको थियो ।
उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको स्वागत गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको थियो भने सन्चालन संघका महासचिव खिम बहादुर केसीले गर्नु भएको हो ।

“आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ रामतुलसी माविको खेल मैदानमा भैरहेको मेलामा ५ सय भन्दा बढी व्यापारिक स्टल रहेको थियो । स्टलमा स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्राथमिकता दिईएको संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो । संघले स्थानीय तह, तथा विभिन्न संघ संस्थाको समन्वयमा स्थानीय उत्पादन सहितका स्थल उपलब्ध गराएको हो । साथै विभिन्न जातजातिहरु मगर, नेवार, दरै र चेपाङको मौलिक खानाको स्टल रहेको थियो । मेलामा अटो मोबाईल, प्रतिष्ठित उद्योग बाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार विक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित बस्तु प्रदर्शनी  तथा विक्री , अण्डर वटर फिस टनेल, क्लव स्तरीय भलिबल प्रतियोगिता, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित लोक दोहोरी प्रतियोगिता, ऐतिहासिक धार्मिक, एवं पर्यटकिय स्थलको फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको छ ।

मेलामा लोक गायक मोहन खड्का ,समिक्षा अधिकारी,डिप्लब खाति ,मोडल तथा डान्सर आस्था न्यौपाने ,श्रेया खाति मगर लगायतको प्रस्तुति रहेको थियो ।