
मेरो प्रियतम,
डियर कमरेड !
मुट भरिको माया र सम्झना प्यारा
थाहा छैन कहाँबाट लेख्न सुरु गरौ तिम्रो याद र मायाको कारण आज म यहाँ छु । सायद तिमी मेरो जिन्दगीमा नआएको भए म, म रहने थिएन होला । जे हुन्छ राम्रोको लागि हुन्छ भन्छन् तेहि अनुरुप तिमी मेरो जिन्दगीमा त्यो पल बनेर आयौ जुन बेला जिन्दगी देखि हारेको थिए ।
तिम्रो बयान कसरी गरौ बयान गर्ने कुनै शब्द नै भेटेको छैन । कान्छो तिम्रो जस्तो व्यक्तिलाई आफ्नो जिन्दगीमा पाएकोमा आफुले आफैलाई निकै भाग्यमानि ठानेको छु ।
तिम्रो त्यो अरु मानिसहरु प्रतिको व्यबहार , सहयोगी भावना र हरेक बानि व्यबहारले मलाई प्रभावित पारेको छ।
तिमी सदैब भन्ने गर्छौ नि सकारात्मक सोच राखे सकारात्मक नै हुने गर्दछूू सोही अनुरुप तिमी मेरो जिन्दगीको सकारात्मक उर्जा हौ , हरेक कार्यको उत्प्रेरणा हौं । तिम्रो त्यो हरेक परिस्थितिलाई सजिलो तरिकाले सामना गर्न सक्ने बनाउने बोली नै मीठो लाग्छ ।
तिम्रो बारेमा के लेखौ जति लेखे नि शब्दको कमि हुनेछ।
हाम्रो माया मुना मदनको जस्तो अमर होस् तर अधुरो चाहि नहोस् भन्ने चाहान्छु ।
हाम्रो माया त्यो सुर्यको किरण बनोस् जसले हामी दुइको मात्र जिन्दगीमा उज्यालो नल्याई हाम्रो वरपरका मानिसहरुको जिन्दगी पनि उज्यालो होस् ।
तिम्रो प्रेम यति चोखो छ कि गंगाको जल पनि फिक्का हुने छ। हाम्रो प्रेमको जिगौ जुग युगौ युग उदाहरण बनोस् भन्ने चाहान्छु । डियर तिम्रो र मेरो प्रेम संसारकै कयौ प्रेमिल जोडिहरु मध्य गनियोस् ।
डियर तिमी मेरो हरेक पल पलमा छौ । हरेक पल बस् तिमी मात्रै मेरो मन मस्तिष्कमा हुने गर्दछौं । तिमी मेरो सबथोक हौ मेरो हिम्मत ,साहस ,हासो,खुशि, सम्पूर्ण ब्रह्माण्ड नै तिमी हौ । तिमी साथ भए संसार जित्न सक्छु ।
बाबा आमा पछि तिमी त्यो व्यक्ति हौ जसलाई मैले आफुलाइ जतिकै विश्वास गर्न सक्छु । हरेक दुख होस् वा सुख तिमीलाई साथमा पाएको छु र पाउनेछु पुर्ण विश्वास लिएको छु ।
मलाई अरुको जस्तो बाचा कसम चाहिएको छैन बस् मेरा हरेक समयमा तिमी भए पुग्छ । भविष्यत कसले देखेको छ र तर पनि वर्तमान समयमा तिमी नै छौ र तिमी हरेक समयमा रहने छौ ।
धन सम्पति त के छ र दुबैजना मिलेर कमाउला । तिमी बिना म अधुरो हुनेगर्छ जसरी शिव बिना पार्वती । तिमी त्यो व्यक्ति हौ जुन मेरालागि संसार कै बहुमुल्य बस्तु भन्दा नि अमूल्य छौ ।
डियर हरेक समयमा साथ तिम्रो होस् ,
हरेक सुखदुःख मा साथ तिम्रो होस्,
जिन्दगीको खोलि दुबै मिलि तरौला,
तिम्रो काध मेरो शिर होस् ।
जिन्दगीको यात्रामा हरेक परिस्थिति साथ मिलेर सामना गरौला संसार जितौला नि है प्यारो मान्छे ।
हजुर मेरो नसा नसामा हुनुहुन्छ । हजुरको एक झलक नै मेरालागि दिनभरि काम गर्ने उर्जा हो । हजुर बिना त मेरो दिनको सुरुवात नै हुदैन । हजुर बिना त फेर्दा फेर्दैको सास पनि रोकिन्छ होला डियर । आखा खुल्ला हुदा होस् वा बन्द केबल हजुर मात्र मेरो मन मस्तिष्कमा हुनुहुन्छ ।
हजुरलाइ गुमाउने बारे त म सोच्न त के कल्पना पनि गर्न सक्दिन । बरु म संसार त्याग्न सक्छु तर हजुरलाइ सक्दिनँ ।
म चहान्छु जिन्दगी यस्तो होस, ठुलो घरमा बनाउने उदेश्य तपाईंको नहोस अनि ठुलो घरमा बस्ने सपना मेरो नहोस। घर सानो होस तर भावाना साट्न को लागि मन चाहिँ ठूलो होस। धेरै सपनाहरु पनि नहोस अनि निराश पनि।। दुख सुख जे सुकौ होस।। त्यो आउने डर र खुसी केहि नहोस। मनमा बास यति होस ‘ दुख मा साथ दिने र सुखमा खुसी साट्ने उ छदै छनी के को चिन्ता। हात अनि साथ बलियो होस।। छुटाउन खोज्नेहरुको पनि आट नहोस।
कहिलेकाही झर्कोले झर्किएर बोलौला मुसुक्क हासि दिनु हजुरको हासोमा नै हराइहाल्छु म जस्तोसुकै रिस दुख कष्ट पनि भुलिदिन्छु । हामी दुबैजना मिलेर हाम्रो परिवारको सपना पूरा गरौला देख्नेले नि भनुन् जोडि होस् त यिनिहरु जस्तो । म घरको जेठि छोरी हु हजुर मेरो परिवारको जेठो छोरा बनिदिनु । म हजुरको घरको छोरी बनिदिनेछु र आमा बुबालाई कहिल्यै अर्काको छोरी भन्ने पार्ने छैन ।
हजुर दिनभरि कामले थाकेर आउदा हजुरको थकाइ मार्ने काख बनिदिनेछु । तन, मन , बचनले हजुरलाइ आफ्नो मानिसकेको छु जिन्दगीमा केबल हजुर मात्र रहनुहुनेछ ।
साथ यस्तो होस।।आँखा मा आँसु होस तर आसु पुस्न को लागि हात तिम्रो होस, ओठमा मुस्कान होस तर खुसी चाहिँ तिम्रो होस। ति जोडि बनाइदिने भगवानले पनि भन्न पाओस, जिन्दगीमा यस्तो एउटा जोडी बाधियो जो।। टाढा नजिक जहाँ छन तर पनि निश्चल छन, दुखहरु छन तर पनि खुसी छन, चाहानाहरु छन तर पनि निस्वार्थ छन, अभावहरु छन तर पनि पुर्ण छन, बुझ्न् को लागि एकाअर्का छन अनि जिबन्त र साथ छन। आहा क्य छन।।
धेरै के लेखौ हाम्रो प्रेम सफल र अमर रहनेछ । म माथि हजुरले गर्नुभएको अथाहा विश्वास र मायाको कहिल्यै अनादर र धोकेबाजि गर्ने छैन । सदैब यस्तै साथ सपोट र माया यसरी नै पाइरहु प्यारो मान्छे । हजुर प्रति सधैं बफादार रहने बाचा गर्दछु ।
हजुरको कालि