रामघाट एक परीचय :जेष्ठ नागरिक स्कुल सन्चालन हुने

बोली खबर   १० फाल्गुन २०८१, शनिबार ०६:००

रामपुर आफैमा एउटा यस्तो तीर्थभूमि हो जहाँ भगवान रामचन्द्र १४ वर्ष बनवासको क्रममा डुल्नुभएको थियो। सोही अनुरूप रामपुरमा राम नाम जोडिएका धेरै ठाउँहरु छन् । रामघाट, रामचुलो, रामचे, रामभाङ्ग, सिताकुण्ड, रामचुलो आदि रहेका छन् । अहिले व्यवस्थापन तिव्र गतिमा रहेकोछ रामघाट मन्दिरमा । रामपुर नगरपालिका वडा नम्बर ५ मा रहेको रामघाट जुन कालीगण्डकी नदीको किनारमा रहेको छ । कालीगण्डकी करिडोरबाट गौडान हुँदै अलिकति तल झरेपछि करिव २ किलो मिटर उत्तर तिर र्झदा रामघाट मन्दिर पुग्न सकिन्छ। भगवान रामचन्द्र १४ वर्ष बनवासका क्रममा यस क्षेत्रमा आएर बास बस्नुभयो। त्यही घाटमा नुहाउनु भो, यै पोराणिक ईतिहास बोकेकोे लक्ष्मीनारायण मन्दिर करिब २०० वर्ष पुरानो धार्मिक आस्था बोकेको छ ।


यो मन्दिर स्याङ्गजामा बसोबास गरेका रेग्मीहरूलाई वीरता स्वरूप रामपुरमा जग्गा प्राप्ति भएको र एक भाइ तुलसीराम रेग्मीलाई राति सपनामा लक्ष्मीनारायण देखिएसँगै गुठीको रुपमा विस्तार गरिएको इतिहास रहेको छ । तुलसीरामले आफ्ना भाइहरूका वीरतामा घिमिरे र गौतमको बिर्ता किनी करिब २१०० रोपनीलाई गुठीका रूपमा परिणत गरिएको छ । विक्रम सम्वत १९०३ मा राजेन्द्रविक्रम शाहबाट प्राप्त भएको वीरतालाई यहाँ प्रयोग गरिएको भन्दै आइएको छ र यही इतिहासले पनि बताउँछ। सँगै आफ्ना कुलबाट दैनिक पूजापाठ गरिँदै आएको थियो। २०४९ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यो संस्था २०७५ सालमा आइपुग्दा सार्वजनिककरण गरिएको छ ।
भगवान राम रामचन्द्रले एउटा ठूलो यज्ञ गर्ने क्रममा आफ्ना कुलगुरु वशिष्ठलाई बोलाएर त्यहाँ यज्ञ गरिएको भन्ने किम्मदन्ती अनुसार यहाँ रामनहमी पर्वको दिन भगवान शिवजी यसै क्षेत्रमा आउने क्रममा भगवान राम र शिवको भेट भएकोले त्यस दिन हेर्न जाँदा शुक्ला गण्डकीको पानी समेत त्यहाँ आउने गर्छ भनेर भन्ने जन विश्वास रहेको छ । यस क्षेत्रमा पाण्डवहरू पनि आएको शिवजी पनि यस स्थानमा आएर तपस्या गरेको शिवपुराण गंगा महात्म र बराह पुराणमा उल्लेख गरिएको छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मीलेका अनुसार यस वर्ष रामपुर नगरपालिकाले ७० लाख विनियोजन गरेको थियो । यसवाट यहाँको भौतिक र्पुवाधारमा विकास गरिएको छ । अहिले विभिन्न खालका पार्कहरु, सभाहल, निर्माण हुने क्रममा छन् ।
संस्थाका अध्यक्ष रेग्मीका अनुसार रामघाटको एकीकृत विकासको लागि २०७४ सालमा गुरु योजना निर्माण गरी सोही अनुरुप काम अगाडि बढिरहेको छ यहाँ त्रिदेवको मूर्ति पनि निर्माण हुँदैछन् त्रिदेवको मूर्ति राखिने ठाउँमा भुइतलामा ३० वटा ऋषिमुनि र ३० वटा पितृहरूको सालिक निर्माण गरिने तथा पहिलो तलामा १० अवतार भगवान र पाण्डवहरूको मूर्ति राखिने जानकारी गराउनुभएको छ।

झन्डै चार रोपनि क्षेत्रफलमा बनीरहेको जेष्ठ नागरिक आश्रम, जेष्ठ नागरिक स्कुलका रूपमा सञ्चालन गर्ने तयारी भएको उपाध्यक्ष मिनराज रेग्मीले बताउनु भएको छ । उपाध्यक्ष रेग्मीका अनुसार जेष्ठ नागरिक आश्रममा रामपुर नगर भित्रका जेष्ठ नागरिकलाई नगरपालिकाले दिएको वस मार्फत ल्याउने लाने गर्ने साथै ३ वटा कलास सन्चालन गरि नागरिकलाइ भुलाउने योजना बनाएको बताउनु भएको छ । कलासमा मनोसामाजिक कक्षा, सिपका आदान प्रदान र धामीैक कक्षा सन्चालन गर्र्ने योजना वनाएको वताउनु भएको छ ।

पौराणिक धार्मिक तथा पर्यटनको सम्भावनायुक्त स्थान रामघाट, भगवान राम र सीतासँग जोडिएका तपोभूमिलाई एकीकृत विकासको माध्यमबाट जोड्न सके यहाँको विकासमा महत्वपूर्ण टेवा मिल्ने थियो।
राम नवमी र शिवरात्रिका बेलामा ठूलो महोत्सव जस्तै गरी मेला लाग्ने गर्छ । धामीैक र्पयटकीय क्षेत्रको रुपमा विकास गरि प्रचार प्रसार गर्न सके विश्वमा एक मात्र शालिकराम पाईने कृष्ण गण्डकीको तटमा रहेको रामघाट प्रसिद्ध तपोभुभि बन्ने कुरामा पक्का छ ।