अनेरास्ववियू क्याम्पस कमिटी गठन

कृष्ण भट्टराई   २०७७-१०-३०

२०७७ माघ ३० गते शुक्रवारका दिन सहिद बहुमुखी क्याम्पसमा मधुसुधन आचार्य को संयोजकत्वमा ८१ सदस्यीय अनेरास्ववियू क्याम्पस कमिटी सर्वसम्मत गठन गरिएको छ । कमिटीको सह संयोजक सन्देश भारती, सचिवमा नविना रेग्मी, सहसचिव राजन गौतम ,अञ्जली श्रेष्ठ ,दुर्गा वि क र कोषाध्यक्षमा विवेक गौतम चयन भएका छन् । नेकपा केन्द्रिय स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज एवं पूर्व मन्त्री माननीय क. दल वहादुर राना तथा नेकपा लुम्बिनी प्रदेश सल्लाहकार एवं लुम्बिनी प्रदेश सांसद माननीय क. युवराज खनाल नेकपा जिल्ला कमिटी सदस्य तथा रामपुर नगर इन्चार्ज राजु प्रसाद श्रेष्ठ अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य कृष्ण प्रसाद भट्टराई तथा अनेरास्ववियू जिल्ला कमिटी सचीव मदन आचार्य लगाएतले बोल्दै नवगठित क्याम्पस कमिटीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।