
पाल्पा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने कसैलाई पनि अब एमालेले छुट नदिने बताउनु भएको छ।
नेकपा एमाले पाल्पाले तानसेनमा आयोजना गरेको वडा केन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत शुक्रवार भएको अभिमुखीकरण कार्यक्रममा उहाँले भ्रष्टाचार गर्ने जो कोही ढिलो चाँडो एमाले नरहने बताउनु भएको छ ।
नेकपा एमालेका बरिष्ट उपाध्यक्ष इश्वर पोखरेलले अहिले केहीपक्षले यो सरकार आज भोली नै ढल्छ भनेर गलत प्रचार गरेपनि, यो सरकार पुरा अवधी सम्म चल्ने भन्नु भएको छ। यो समिकरण ढल्ने कुनै कारण देखिदैन । दुई दल विच सहमती, सहकार्य र एकताबाटै सरकार संचालन भएको बताउदै , एमाले र काग्रेसले एक आपसमा धोका दिए मात्र सरकार ढल्छ तर दुबै पक्षबाट धोकाको राजनिति हुने अवस्था नरहेको बताउनु भएको छ । त्यसैले यो सरकार २०८४ सम्म ढुक्कले टिक्ने एमाले बरिष्ट उपाध्यक्ष पोखरेलले बताउनु भएको हो ।
हरेक निर्वाचनमा मुख्य प्रतिस्पर्धी दल नेपाली काग्रेस भएपनि ऐतिहासिक परिवर्तन जोगाउन र मुलुकलाई संकट बाट बचाउन एमाले र काग्रेस विच सहकार्य भएको भन्दै इतिहासलाइ कोट्याउनु भएको थियो । उहाले काग्रेस र कम्युनिष्टको सहकार्य आजमात्र नभई २००७ सालमा पज्रातन्त्र ल्याउन, २०३६ सालको जनमत संग्रह, २०४६ सालको बहुदल ल्याउन, २०६२, ०६३ को जनआन्दोलन र २०७२ सालमा नयाँ संविधान घोषणा जस्ता राजनितिक उपलब्धीहरु ल्याउन एमालेले काग्रेस संग सहकार्य गरेर ऐतिहासिक उपलब्धिहरु हासिल गरेको जिकिर गर्नु भएको छ ।
२०८४ को तीनवटै आम निर्वाचनमा एमालेको प्रतिष्पर्धा काग्रेससंगै हुने भएपनि विगतका उपलब्धी जोगाउदै मुलुकलाई अस्थिरता बाट बचाउन दुई दलविच सत्ता सहकार्य भएको पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका एमाले नेता पोखरेलले कार्यकर्तालाई बताउनु भएको थियो ।
एमाले बरिष्ट उपाध्यक्ष पोखरेलले एमाले पाटीमा अहिले कपाल फूलेको संख्या बढ्दै गएकोले पाका पुस्ता र तन्नेरी पुस्तालाई नेतृत्वमा ल्याउनु पर्नेमा जोड दिनु भएको थियो । अव कपाल फुलेका व्यक्तिहरु बाट मात्र पाटी चल्दैन, पाटी बलियो हुदैन, त्यसैले पुरानो पुस्ता, विषय विज्ञ पाका पुस्ता र तन्नेरी पुस्ता बराबर हुनेगरी एमाले पाटी नेतृत्व विकासमा जुटेको बरिष्ट उपाध्यक्ष पोखरेले बताउनु भएको छ ।एमालेको टोपी लगाउने। म एमाले हुँ भन्ने र भ्रष्टाचार गर्ने नेता तथा कार्यकर्ता ढिलो चाँडो एमाले रहने छैनन्’, उहाँले भन्नुभएको छ। जनतासँग एकाकार भएर काम गर्नुपर्ने उनले बताउनु भएको छ ।
एमालेलाई श्रेष्ठता हासिल गर्नेगरी काम गर्न कार्यकर्तालाइ निर्देशन दिनु हुदै। श्रेष्ठ बन्नका लागि सक्रियता, पहलकदमी, जनसेवा गर्दै अनियमितता तथा भ्रष्टाचार रोक्नुपर्नेमा पोखरेलले जोड दिनुभएको छ। विकास निर्माण काम देखिने गरी गर्नुपर्नेमा जोड दिँदै , उत्पादनमा जोड्ने काम अहिलेको अपरिहार्य आवश्यकता भएको र स्वरोजगार बनाउने खालका कार्यक्रम गर्नुपर्ने भन्दै आफु पनि स्वरोजगार हुन कार्यकर्तालाइ सुझाउनु भएको छ ।
पोखरेलले अब एमाले फेरिनु पर्ने ‘पूरानो एमाले सम्झेर काम छैन। नेताले म जेल परेको थिएँ।आन्दोलन गरेको थिएँ भनेर हुँदैन। काम गर्नुपर्छ। विगत सम्झिएर केही हुनेवाला छैन। वर्तमान अवस्थामै जनताले महसुस गर्न सक्ने गरी काम गरेर देखाउनुपर्छ। बितेका दिन सम्झने होइन। समयसापेक्ष प्रतिस्पर्धा गर्न सक्ने एमाले बन्नुपर्छ। हामीले बनाउनुपर्छ’, उहाँ भन्नु भएको छ।
पाटी प्रशिक्षण कार्यक्रममा एमाले पोलिटिव्युरो सदस्य ठाकुर प्रसाद गैरेले वडा स्तरीय कार्यक्रमले पाटीलाई चुस्तदुस्त, फुर्तिलो, जनतामैत्री, विकासमैत्री, समावेशीमैत्री एमाले पाटी बनाउने बताउनु भएको छ । २०८१ चैत्र मसान्त भित्र साविकका गाविसहरुका सबै वडाहरुमा एमालेको अभियान पुग्ने र जनताको घर घरमा एमाले पुग्ने अयिभान शुरु भएको नेता गैरेले जानकारी दिनु भएको छ ।
वडा वडामा एमालेको निती सिद्धान्त विचार पुर्याउने, जन संगठनलाई टोल टोलमा पुर्याउने पाटी सदस्यता नविकरण लाई तिव्रता दिने चैत्र महिना भित्र पाल्पाका ८१ वटै वडाका टोल टोल बाट गाउँपालिका प्रदेश संघमा पेश गर्ने योजना संकलन गर्ने र भदौमा हुने विधान महाधिवेशनमा गाउँस्तर बाट उठेका कुराहरुलाई नितिमा समावेश गरिने पोलिटिव्युरो सदस्य गैरेले जोड दिनु भएको छ । संयुक्त सरकार बनेपछी पाल्पामा थप ६० करोड रुपैया बजेट ल्याउन सफल भएको जानकारी गराउनु भएको थियो
। नेकपा एमाले लुम्विनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले पाटीमा पद अनुसारको जिम्मेवारी पुरा नगर्ने पदाधिकारीहरुको आगामी दिनमा मुल्याङ्कन गरी जिम्मेवारी नदिने बताउनु भएको छ ।
कार्यक्रममा पाल्पाका १० पालिका, ८१ वटै वडा, जिल्ला कमिटी, क्षेत्रिय कमिटीका पाटी सदस्यहरु, एमाले बाट निर्वाीचत जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला अध्यक्ष ओमबहादुर घर्तिमगरको अध्यक्षता, उपाध्यक्ष विमल काफ्लेको स्वागत, सचिव रामजी पोखरेलको संचालनमा भएको थियो

