
पाल्पा । गण्डकीबेशी मिडिया प्रा.लि. रामपुर पाल्पाका अध्यक्ष विशाल श्रेष्ठ ‘अशोक’ रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नियुक्त हुनु भएको छ। यसभन्दा अघि विद्यालय व्यवस्थापन समिति सदस्य पदमा रहेका श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो ।
विद्यालयको शैक्षिक गुणस्तर विकास, नयाँ प्रविधिसहितको शिक्षा, पूर्वाधार विकास लगायत समग्र रामतुलसीको हितमा रहेर काम गर्ने नवनियुक्त अध्यक्ष श्रेष्ठले बताउनु भएको छ । रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाड बजारमा व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले यहाँको सामाजिक, राजनैतिक तथा शैक्षिक लगायत विभिन्न संघ संस्थामा सक्रिय भएर काम गरिरहेका छन् ।
रामतुलसी नमुना मावि पाल्पा जिल्लाकै धेरै विद्यार्थी संख्या भएको विद्यालय हो । विद्यालय व्यवस्थापन समिति अध्यक्षमा युवाको नेतृत्वले समग्रमा शैक्षिक क्षेत्रको विकास हुनेमा आशा लिइएको छ ।