
पाल्पा । यही चैत्र ५ हुने हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सन्दर्भमा पाल्पा जिल्ला रामपुर नगरपालीकामा रहेको शहिद बहुमुखी क्याम्पसमा पनि हुदैछ । सोहि सिलसिलामा विद्यार्थीले भोट माग्ने क्रम जारी छ । तर हिजो राति चैत्र ०३ गते राति फरक संगठन बाट उठेको भन्दै घरबेटीले हप्काएको अनेरास्ववियु निकट विद्यार्थीहरुले जानकारी गराएका छन । हिजोको घटनालाइ अनेरास्ववियुले विद्यार्थीलाइ काङ्ग्रेस नेताले धम्काएको रातको समयमा महिलालाइ अत्याएको भन्दै अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त बिज्ञप्ति निकालेको छ।
बिज्ञप्तिमा लेखिएको छ ।
यस शहीद वहुमुखी क्याम्पस रामपुर पाल्पाको यहि चैत ५ गते हुन गैरहेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनलाई व्यवस्थित शान्तीपूर्ण तरिकाले सम्पन्न गर्नका लागि अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) गम्भिर रहेका छौ । यसै सन्दर्भमा मिति २०८१/१२ महिना ०३ गतेका दिन आफुलाई लोकतन्त्रको हिमायती ठान्ने नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन आचारसंहितालाई उल्लङ्घन गर्दै नेपाली कांग्रेसका नगर उपसभापति देब बहादुर मश्राङ्गी, शहीद बहुमुखी स्व.वि.यु. सभापति ल्याकत अलि, स्व.वि.यु उप–सभापति दर्पण सोती सहित नेपाली कांग्रेस पार्टीका नेताहरु, नेपाल विद्यार्थी संघका नेताहरु र आराजक गुण्डाहरु सहित रातको ९ः०० बजे आसपासको समय अवधिमा हाम्रो खुल्ला प्रत्यक्ष सदस्यको उम्मेदवारलाई अपहरण शैलीमा कोठा भाडामा बस्ने घरमा गई धम्क्याउने, थर्काउने र उम्मेद्वारी समेत फिर्ता गर्न बाध्य पार्न खोज्ने जस्ता कार्यप्रति अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) को गम्भिर ध्यानाकर्षण भएको छ । पराजित मानसिकताले एउटा प्राज्ञिक थलोको सचेत विद्यार्थीको स्ववियु चुनावलाई प्रभावित पार्ने मनसाय स्वरुप यस्ता हर्कत भएका छन् । प्रत्यक्ष सदस्यको उम्मेदवारलाई समेत धम्काउने थर्काउने जस्ता कार्यले अन्य सामान्य विद्यार्थीहरुलाई हुन सक्ने डर धम्की तथा मानसिक तनावको विषयमा समेत हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता घटनाले विद्यार्थी आन्दोलनको स्वरुप माथि प्रश्न चिन्ह खडा गर्दछ । ने.बि. संघ विद्यार्थीको संगठन होईन गुण्डाहरु र अराजक भिडको संगठन हो भन्ने कुरा यस क्रियाकलापले पनि प्रष्ट पार्दछ । शहीद बहुमुखी क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी साथिहरुमा अब गुण्डागर्दी गर्ने विद्यार्थीहरुको संगठनलाई रोज्ने कि विद्यार्थीको आवाज बोल्ने विद्यार्थीको नेता संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) को संयुक्त प्यानलाई रोज्ने त्यो तपाईंहरुले मुल्याङकन गर्ने समय आएको छ । नेपाली कांग्रेस र ने.बि.संघको यस्तो अराजक कार्यले अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानल अब विजयको नजिक पुगि सकेको छ भन्ने प्रष्ट हुन्छ । यस्ता घटनाको तत्काल छानविन गर्न प्रहरी प्रशासन र क्याम्पस प्रसासनलाई आग्रह गर्दै दोसिलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न आग्रह गर्दछौ । यस घटनाबाट विचलित नभई सम्पुर्ण विद्यार्थीहरुलाई यहि चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा निर्भिकता पुर्वक सहभागी भई अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानललाई मतदान गर्न हार्दिक अपिल गर्दछौं । निर्वाचन प्रक्रिया प्रभावित हुने भएकाले तत्काल यस्ता गतिविधि अन्त्य गर्दै निर्वाचन आचारसंहिता उल्लघंन गर्ने संगठन र उम्मेदवारलाई तत्काल कारवाही गर्न निर्वाचन समितिलाई पुन अनुरोध गर्दछौं।
भनिएको छ ।
त्यसै गरी नेपाली काङ्ग्रेस निकट विद्यार्थी संगठनका नेविसंघले पनि प्रति उत्तरमा बिज्ञप्ति निकालेको छ ।
