माथागढीमा भलिबल प्रतियोगिता हुने

बोली खबर   २०८१-१२-०५
                                                                      पिर्थ थापा मगर
उदय युवा क्लव द्वारा भलिबल खेल प्रतियोगिताको आयोजना हुने भएको छ ।

यहि चैत्र १८ देखी २० सम्म हुने भलिबल प्रतियोगिता माथागढी ७ रहबास,अखरीगौडामा उदय युवा क्लव द्वारा आयोजना गरिएको हो।
भलिबल खेल प्रतियोगिता पुरुष तथा महीला दुबै तर्फको सन्‍चालन हुने भएकोले खेलमा सहभागी प्रतियोगिहरुले यहि चैत्र महिनाको १८ गते देखि २० गते सम्‍ममा दर्ता गर्न सकिने खेल संयोजक अम्‍मर काम्‍मु मगरले बताउनु भयो ।
पुरुष तर्फको भलिबल खेल प्रतियोगिता मा सहभागी हुनको लागि दर्ता सुल्‍क रु २,५०० सय र महिला तर्फको भलिबल खेल प्रतियोगितामा सहभागी हुनको लागि रु १,५०० सय दर्ता सुल्‍क रहेको छ । भलिबल प्रतियोगितामा साहभागी भएर बिजेता हुने पुरुष तर्फको खेलाडी (समुहको) लागि प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई क्रमश नगद रु ३०,०००, रू २०,०००, रू १०,००० सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने महिला तर्फको भलिबल प्रतियोगितामा सहभागी भएर विजेता हुने महिला खेलाडी समुह लाई प्रथम, द्धितिय र तृतिय हुने क्रमश नगद रु १०,००० रू ८०००, रू ५००० तथा कप, मेडल र प्रमाण पत्र प्रदान गरिने छ।
खेल अखरीगौडाको बाताचुलि प्रा.वि को प्राङणमा हुने छ। खेल ति.ति सिस्‍तममा खेलाइने र रहेक तिम बाट १ जना प्रशिक्षक सहित ८ जना खेलाडीहरु सहभागि हुन पाउने छ भने पुरुष तर्फको खेल सन्‍चालन २०८१ चैत्र १९ गते देखि र महिला तर्फको खेल २०८१ चैत्र १८ गते देखि सन्‍चालन गर्ने खेल संयोजक अमर काम्‍मु मारले जानकारी दिनुभयो।