पाल्पाको शहिद बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलको जित हासिल गरेको छ ।
बुधबार सम्पन्न मतगणनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका राजन गौतमले ३१ बर्षको नेविसंघको बिरासत भत्काउनु भएको हो ।
सभापति पदमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी)संयुक्त प्यानल राजन गौतम ३०१ने वि संघ कसम मल्ल २६१मत प्राप्त गरेका छन , भने ४० मतान्तर रहेको छ । सचिब पदमा अनेरास्ववियुका बिमल क्षेत्री २८२ र नेविसंघका बन्दना गैरे २७७ ल्याइ अनेरास्ववियुका क्षेत्री ५ मत अन्तरले बिजय हुनु भएको छ ।
कोषाध्यक्ष पदमा अनेरास्ववियुका सच्चा रेग्मी२९९ नेविसंघका धनकला राना- २५६ मत प्राप्त गर्नु भएको छ ।
सदस्यहरुमा अनेरास्ववियुका निरुता ढेगा २६३, इन्द्र बहादुर सोति २६० , नेविसंघकासदिक्षा ढकाल २७३ ,शशी ढकाल २६०, सबिना भण्डारी २६१ बिजयी भएका छन ।
भुवन न्यौपाने- २५९ ,कमल सारु-२५८ अनिता श्रेष्ठ- २५९ उमेदवारहरु बसन्ती सुनारी २५४ मत प्राप्त गरेकाछन । त्यसै गरी स्वतन्त्रका निखिल सुनार २०५ मत प्राप्त गरेका छन ।
समानुपातिक तर्फ
अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी):२९९
ने वि संघ : २७० मत प्राप्त गरेका छन ।



