पाल्पामा ४स्ववियु सभापति अनेरास्ववियु,१ क्रान्तिकारीले हात पर्यो शहिदमा बिजयी र्याली

बोली खबर   २०८१-१२-०६

पाल्पाका क्याम्पसहरुमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुले चार र अखिल क्रान्तिकारीले एक स्थानमा स्ववियु अध्यक्ष जीतेका छन् । नेपाल विद्यार्थी संघले पाल्पामा कुनैपनि क्याम्पसमा अध्यक्ष जीत्न सकेन ।

शहिद बहुमुखी क्याम्पसमा अनेरास्ववियुका राजन गौतम,त्रिभुवन बहुमुखी क्याम्पसमा क्रन्तिकारीका मिलन घर्तीमगर, उद्धबुद्ध कलेजमा अनेरास्ववियुका कृष्णा झापुर्लुक, दर्छा क्याम्पस रामपुरमा अनिषा कोईराला र माण्डव्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सौगात कोईराला निर्वाचित भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष मधुसुधन आचार्यले जानकारी दिनु भएको छ ।

माण्डव्य बहुमुखी क्याम्पस र उद्धबुद्ध कलेजमा यसभन्दा पहिलेका सबै निर्वाचनमा अनेरास्ववियुले जित्दै आएको थियो । यसवर्ष पहिलो पटक दर्छा क्याम्पस रामपुरमा स्ववियु निर्वाचन भएको हो । उक्त निर्वाचनमा अनेरास्ववियु नेतृत्व विजयी भएको छ । माण्डव्य, उद्धबुद्ध र दर्छा क्याम्पसमा सर्वसम्मत रुपमा नेतृत्व छनौट भएको अनेरास्ववियुका प्रदेश कमिटी सदस्य रमा श्रेष्ठले जानकारी दिनु भएको छ ।
शहिद बहुमुखी क्याम्पस रामपुरमा ३१ वर्षदेखी नेतृत्व गर्दै आईरहेको नेवि संघको किल्ला अनेरास्ववियु र क्रान्तिकारीको संयुक्त प्यानलले भत्काएको हो । यसभन्दा अघिका निर्वाचनहरु नेवि संघले जित्दै आएको थियो । विद्यार्थीको हक र हितका विषयमा निरन्तर खबरदारी गर्दै विद्यार्थीमाझ लोकप्रिय संगठनको रुपमा स्थापीत हुन सकेको अनेरास्ववियुका जिल्ला उपाध्यक्ष सन्देश ढकालले बताउनु भएको छ ।

उता त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा पनि ३१ वर्षदेखी नै नेतृत्व गर्दै आएको नेवि संघको विरासत तोड्दै अखिल क्रन्तिकारीले ईतिहास रचेको छ । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा पहिलो पटक अखिल क्रन्तिकारीले अध्यक्ष पदमा निर्वाचन जीतेको अखिल क्रान्तिकारीका नेता पदम सोमैले बताउनु भएको छ । उहाँले पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा संगठनले राम्रो काम गरेको कारण उपलब्धी हासिल भएको भन्दै अव जिल्लाभर संगठन विस्तारमा ध्यान दिएर लाग्ने भन्नु भएको छ।

रामपुरमा मतगणनाका क्रममा विवाद भई जम्मा भएको भिड तितरवितर पार्न हवाईफायर समेत गर्नुपरेको थियो । रामपुरमा केहि समय रोकिएको मतगणना पुनः सुचारु गरि अनेरास्ववियुले जीत हासिल गरेको हो । जित हासिल गरे सङ्गै आज बिजयी र्यालीले नगर परीक्रमा गरेको छ ।