रमजान (इद) तथा नयाँ वर्ष २०८२ को शुभकामना कार्यक्रम सम्पन्न

बोली खबर   २०८१-१२-१४

पाल्पा । रामपुर नगरपालिका वडा नं ४ को आयोजनामा मुस्लिम समुदायको पाक महिना रमजान (इद ) को उपलक्ष्यमा बृहत इफ्तार तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ।

रामपुर नगरपालिका वडा नं ४ का अध्यक्ष राम बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिका कार्यवाहक नगर प्रमुख तथा वडा नं ७ का वडाअध्यक्ष दोबराज तिवारीको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो।

अध्यक्ष राम बहादुर रानाले हामी नेपाली अनि हाम्रो भावना नेपालीपनले भरिएको छ। हामिले विभिन्न धर्म संस्कृति लाई पछ्याउँदै आएपनी सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सबै खाले धर्म संस्कृतिको जगेर्ना र कदर गर्दै आएकाछौ । हाम्रो वडामा रहेका मुस्लिम समुदायको पाक महिना रमजान जो एक महिना भरी रोजा बसेर मनाइने गरिन्छ त्यसैलाइ मध्ये नजर गर्दै आज बृहत् इफ्तार कार्यक्रम आयोजना गरेका हौं , यस्ले हामी बिचको सामाजिक , धार्मिक सहिष्णुता पक्कै कायम गर्नेछ र आगामी वर्षहरुमा पनि यस्तै कार्यक्रम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।

प्रमुख अतिथी तिवारीले संसार पन्चतत्वले बनेको छ , हामीले विभिन्न धर्महरु प्रतिको आस्थाले एकअर्का प्रती सम्मान, सद्भाव छ यसैलाई निरन्तरता दिदै आउनु तपाईं हाम्रो दायित्व पनि हो । हामिले धर्मप्रति विभेद भन्दा एकता र सद्भाव राख्यौ भने साच्चिकै सामाजिक स्थिरता कायम रहनेछ भन्दै शुभकामना दिनुभएको थियो।

रामपुर नगरपालिका निमित्त प्रशासकिय प्रमुख चेमन प्रकाश पोखरेलले विभिन्न धर्म मान्ने भएतापनी सबैले धार्मिक सहिष्णुता कायम गरि एक अर्काको धर्म प्रती सम्मान गर्न आग्रह सहित शुभकामना ब्यक्त गर्नुभएको थियो।

इलाका प्रहरी कार्यालय प्रमुख राम बहादुर नेपालीले बृहत् रफ्तार कार्यक्रम शुभकामना संगसंगै समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाजमा घट्ने गरेका विविध खालका घटना हरु प्रती समुदाय नै चनाखो भइ लागि त्यस्ता घटना न्यूनीकरणमा योगदान दिन र अहिलेको यो समय भनेको डढेलो लाग्ने समय भएकालेे हाम्रा वरिपरिका वन लाई डढेलो लाग्नबाट बचाउनका लागि सचेत रहन समेत आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रिय उप-सभापति हाजी हजिलदिन मियाले हाम्रो नगरमा विभिन्न जातजाती धर्म मान्ने हरुको बसाइ छ, अझै भन्नुपर्दा विभिन्न जातका फुलहरुको साझा फुलवारी हो जस्लाइ संरक्षण गर्नु रामपुर नगरपालिकाको दायित्व हो तर मुस्लिम समुदायको पाक महिना रमजानको समयमा मुस्लिम समुदायलाइ समेटेर कार्यक्रम गरेको भए अझै सुनमा सुगन्ध थपिने थियो । आज रामपुर नगरपालिका वडा नं ४ ले यो पाक महिना र मुस्लिम समुदायको धर्मप्रतिको आस्थालाइ बढावा दिदै सबै धर्मका ब्यक्तित्व लाई समेटेर बृहत इफ्तार कार्यक्रम आयोजना गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै मदरसा नुरुलहुदा आधारभुत बिद्यालयका प्रअ अबुल कलाम मियाले दिनको ५ पटक नमाज पढ्नुपर्ने, नमाजले समाजका बिकृती नराम्रा कुराबाट बचाउछ। मुस्लिम समुदाय भित्रका सम्पन्न घरपरिवारले आफ्ना आवस्यकता लाई कटाएर ढाइ प्रसेन्ट जो बिपन्न छ जस्ले खानकै लागि र इद पर्व मनाउन नसक्ने छन भने उनिहरुलाइ दान स्वरुप सहयोग प्रदान गर्दछ, सामुहिक रुपमा भोका हरुका लागि भोजन प्रदान गर्नका लागि इफ्तार कार्यक्रम गर्ने गर्दछ। मुस्लिम समुदायका हरेक साना बालबालिका देखि बयस्क ब्यक्तिहरु शरिरका हरेक अंग हरुले गलत कार्य गर्नुहुदैन भन्ने मानसिकताले रोजा बस्ने गर्दछन भन्ने कुराहरु जानकारी गराउनुभएको थियो।

वडा सदस्य कमला देवि रुचालको स्वागत बाट सुरु भएको बृहत इफ्तार कार्यक्रममा समाजसेवी बिस्णु प्रसाद आचार्य ,समाजसेवी बिस्णु शारु ,समाजसेवी दुर्गा देवि राना, नेपाली काँग्रेस वडा नं ४ का कार्यवाहक सदस्य बिस्णु जि सि , नेकपा एमाले वडा नं ४ का वडा कमिटी उपाध्यक्ष ओम नारायण श्रेष्ठ , र्राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर क्षेत्री , रा न पा वडा नं ४ पुर्व जनप्रतिनिधि पार्वती परियार , मदरसा नुरुलहुदा आधारभूत बिद्यालयका ब्यबस्थापन समितीका अध्यक्ष सहादत हुसेन शेख लगाएतले आ- आफ्ना भनाइ राखेको कार्यक्रमको संचालकन वडा सदस्य मोहन सिं रानाले गर्नुभएको थियो।