रामपुरमा रोटरी क्लबको आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर ६ सय धेरैले लिए सेवा

बोली खबर   २०८१-१२-१५

रामपुर ९पाल्पा० । रोटरी क्लब अफ रामपुर र रोट¥याक्ट क्लब सेन्ट्रल बुटवलको संयुक्त आयोजना तथा रामपुर नगरपालिकाको संरक्षणमा पाल्पाको रामपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको छ ।
रोटरी क्लब अफ रामपुरका अध्यक्ष किर्तिनाथ श्रेष्ठको अध्यक्षतामा शनिवार भएको शिविर गौतमबुद्ध मुटु सामुदायिक अस्पताल बुटवलको प्राविधिक सहयोग, रामपुर वचत तथा ऋण सहकारी संस्था, रामपुर आयुर्वेद अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो । क्लबका अध्यक्ष श्रेष्ठले शिविरमार्फत छ सय चौरासी जनालाई सेवा दिइएको जानकारी गराउनु भएको छ।उहाँले सेवा प्रवाहको उदेश्य माथि प्रकास र्पादै रोटििर विसुद्ध सामाजिक सेवा रहेको वताउनु भएउउको छ ।

शिविरको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति तथा रोटरी क्लब अफ रामपुरका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले गाउँघरमा आयोजना हुने स्वास्थ्य शिविरले नागरिकलाई सेवा लिन धेरै सहज बनाउने बताउनु भएको छ । उहाँले रोटरी क्लबले सामाजिक भावनाका साथ शिक्षा, स्वास्थ्य, सामाजिक संघ संस्थामा विभिन्न काम गर्दै आइरहेको हुँदा यस्ता कार्यक्रमले समुदायमा राम्रो प्रभाव पारेको जिकिर गर्दै सक्ने सबै क्लबमा आबद्ध हुन अनुरोध गर्नु भएको छ ।

कार्यवाहक नगर प्रमुख दोवराज तिवारीले आफ्ना भनाई राख्दै नगरपालिकाले गर्नु काम कलबले गरेको बताउदै रामपुर नगरपालिका स्वास्थ्य नागरिक हुन् भन्ने चाहाना राखेको बताउदै स्वास्थ्य नागरीक भए शिक्षा स्वास्थ्य राम्रो हुने बताउनु भएको छ ।
गौतमबुद्ध मुटु सामुदायिक अस्पतालका अध्यक्ष एजाज आलमले पछिल्लो समय खानपान बसाई उठाइका कारण मानिसको स्वास्थ्य विग्रीएको बताउदै जनचेतना मुलक काम समेत गर्नू पर्ने जिकिर गर्नु भएको छ ।
गौतमबुद्ध मुटु सामुदायिक अस्पताल बुटवलका बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विशाल केसीसहितको स्वास्थ्यकर्मीको टोलीले मुटु, मृगौला, सुगर, प्रेसर, जनरल फिजिशियन जस्ता रोगको जाँच गरी बिरामीलाई निःशुल्क औषधी वितरण गरेको हो । रामपुर आयुर्वेद अस्पतालमा भएको शिविरमा सेवा लिने बिरामीको घुईचो थियो । विहानैदेखि बिरामीले उपचार सेवा लिएका छन् । गाउँघरमा नै निःशुल्क उपचार सेवासहित औषधी पाउँदा बिरामी खुशी छन् ।

शिबिरमस ६सय८४ जनाले प्रत्येक्ष सेवा लिएका छन । जसमा इसिजि ३सय जना इको१सय९२जना ल्याब परीक्षण २सय जना जटिल केषहरु १५ वटा जन्मजात २ वटा मुटुको बाथ १० जना भेटिएको जानकारी आयोजकले गराएको छ । सेवाग्राहीहरु पैसा संगै समय पनि बचत भएको भन्दै खुशी व्यक्त गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेल, रोटरी क्लब अफ रामपुरका पूर्व अध्यक्ष रुद्रनारायण श्रेष्ठ लगायतले बोल्दै गाउँघरमा हुने स्वास्थ्य शिविरबाट नागरिकले प्रत्यक्ष फाइदा लिने बताउनु भएको छ । शिबिरमा गौतमबुद्ध मुटु सामुदायिक अस्पताल को बार्षीक पात्रो समेत विमोचन गरिएको छ , त्यस्तै गरि रामपुर अग्रेजी आबाशियका स्काउटका विद्यार्थिहरु विभिन्न संघ सस्थाले स्वयम सेवकको भुमिका निर्वाह गरिरहेका थिए ।

रोटरी क्लब अफ रामपुरले स्वास्थ्य शिविर, शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधि तालिम, वृक्षारोपण, फरक क्षमता भएका नागरिकलाई अपाङ्गता सहायता सामग्री वितरण, बजार क्षेत्रमा पुग्न मुख्य सडक तथा नाकामा सूचना बोर्ड जस्ता विभिन्न कार्यक्रममा गर्दै आइरहेको छ । साथै विदेशस्थित रोटरी क्लबसंग समन्वय गरेर ठूला कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी सस्थाले जनाएको छ ।
कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ रामपुरका सचिव कृष्णप्रसाद भट्टराई र स्वागत इलेक्टेड प्रेसिडेण्ट गोविन्दप्रसाद देवकोटाले गर्नु भएको थियो ।

कार्यक्रममा धन्यवाद सहित समापन रोटरीयन राधिका भण्डारीले गर्नु भएको थियो ।