आधारभुत प्राविधिक माध्यमीक विद्यालय रामपुर ७ डुम्रिगाउँ पाल्पामा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालयका प्राविधिकधार तर्फका विद्याथिले शनिबार पशु शिविर संचालन गरेका छन । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको शिविरमा पशुको गोवर परिक्षण औषधि वितरण विभिन्न पशुलाइ दिइने भ्याक्सीन लगाउनु का साथै कुखुराको पोष्टमार्तम पनि गरिएको हो ।
शिविर शुभारम्भ कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिकाका कार्यबाहक नगरप्रमुख दोवराज तिवारीले बोल्दै यस्ता शिविरले कृषकहरुलाइ मदत हुने भन्दै आफना पशुचौपायाको उपचार सगै औषधि पनि निशुल्क पाउदा कृषक हरुलाइ हौसला मिल्ने बताउनु भयो । उहाँले पशु पालन बाट मनग्य आम्दानी लिन सकिने भन्दै आर्यआर्जनका लागि पशु पालन अति महत्वपुर्ण रहेको बताउनु भयो ।
शिविरमा डा सविता श्रेष्ठ अनिसा सुबेदि प्रज्ज्वल ढकाल लगायतका प्राबिधिक र कक्षा ९ देखि १२ का विद्याथिले प्रयोगात्मक रुपमा काम गरेका हुन । यस क्षेत्रकै भेटेनरि पढाइ सचालन भएको विद्यालय आधारभुत प्राविधिक माध्यामिक विद्यालयले शिविर नै संचालन गरेर एक दिनमै १ सय ५ जना कृषकको पशु चौपायाको गोवार परिक्षण औषधि वितरण तथा कुकुरलाइ रेविज विरुद्धको खोप विभिन्न औषधि विरण गरेको विद्यालयका प्रधानध्यापक रुपनाथ गौतमले जानकारी दिनु भयो ।कार्यक्रमको संचालन डा निरज श्रेष्ठले गर्नु भएको थियो ।विद्यालयमा भएको शिविरमा किसान एग्रोभेट किसानबारीका संचालक सुर्य भट्टराईले औषधी सहयोग गर्नु भएको हो ।




