पत्रकार सुरेश रजतको समझनामा पत्रकारिता पुरस्‍कार क्‍यामेरा म्‍यानलाइ प्रदान गरीने

बोली खबर   २०८१-१२-१७

पिर्थ थापा मागर,
काठमाडौ
पत्रकार सुरेश रजतको समझनामा पत्रकारिता पुरस्‍कार क्‍यामेरा म्‍यानलाइ प्रदान गरीने भएको छ ।
रिपोटर्स कल्‍बले आज काठमाडौको सभा गृहमा २७ औं बार्षिक उत्‍सव समारोह मनाएको छ। सो कार्यक्रममा बोल्‍दै रिपोटर्स कल्‍बका अध्‍यक्ष ऋषि धमलाले, राजाबाणीहरुको अन्‍दोलनमा समाचार रिपोटिङ्ग गर्ने क्रममा ज्‍यान गुमाएका पत्रकार सुरेश रजतको दुखद निधन भएको प्रति दु:ख प्रकत गर्नु भयो।
राजाबाणिहरुको आन्‍दोलनमा रिपोटिङ्ग गर्ने क्रममा ज्‍यान गुमाएका सुरेश रजतको परिवारलाइ रिपोटर्स कल्‍बको तर्फबाट रु २५ हजार र अन्‍य व्‍यक्ति बाट जम्‍मा भएको रु १ लाख गरेर रु १ लाख २५ हजार प्रदान गर्ने र ज्‍यान गुमाएका पत्रकार सुरेश रजतको सम्‍झनामा रिपोटर्स कल्‍वले अब हरेक बर्ष पत्रकारिता पुरुस्‍कार क्‍यामेरा म्‍यानलाइ प्रदान गर्ने अध्‍यक्ष  ऋषि धमलाले जानकारि दिनु भयो।