पाल्पा – वैदेशिक राेजगारीमा जाने मानिसमा सत्यतथ्य सूचना पु-याउने उद्देश्यले तानसेन नगरपालिकाले सराेकारवाला पक्षसँग अन्तरक्रिया कार्यक्रम गरेकाे छ । वैदेशिक राेजगारीमा जाँदा आवश्यक प्रकृया, कानुनी प्रावधान र समस्या आए समाधानका उपायबारे सराेकारवालालाई जानकारी दिइएकाे थियाे । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठले सकेसम्म विदेश नजाने र जानै परे जिल्ला प्रशासन कार्यालय पाल्पाकाे आप्रवासी स्राेत केन्द्रमा बुझेर जान आग्रह गर्नुभयाे । उहाँले विदेशमा गएपछि पनि काेहीकसैलाई समस्या परे नगरपालिका सहयाेग र समन्वय गर्न तयार रहेकाे उहाँले जानकारी दिनुभयाे ।
कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रमका प्रमुख दिनेश घिमिरेले वैदेशिक राेजगारीमा जाने तथ्याङ्क प्रस्तुत गर्नुभयाे । उहाँँले विदेशमा जाने युवाकाे आम्दानीबाट ८० प्रतिशत परिवारकाे दैनिकी चलेकाे बताउनुभयाे । वैदेशिक राेजगारीबाट फाइदा र बेफाइदा दुबै रहेकाले आफ्नाे सुरक्षाामा आफैँले ध्यान दिन आग्रह गर्नुभयाे ।
सीप अभावका कारण, भारतबाट जाँदा, श्रमस्वीकृति नलिदा, वीमा नगर्दा समस्या आउने गरेकाे बताउनुभयाे । श्रम स्वीकृति लिएर जाँदा मृत्यु भएमा, अङ्गभङ्ग भएमा नेपाल सरकारबाट क्षतिपूर्ति पाउनेछन् । कसैकाे आश्वासन र प्रलाेभनमा परेर श्रमस्वीकृति विना गए विदेशमा जाने मानिस ठूलाे समस्यामा पर्ने घिमिरेले बताउनुभयाे ।
पछिल्लाे समय विदेशमा जाने क्रममा ठगिए जिल्ला प्रशासन कार्यालयमै उजुरी गर्न सकिन्छ । आफन्तले आफन्तलाई ठग्ने क्रम रहेकाले विदेश जाने मानिसले राम्राेसँग बुझ्नुपर्नेमा सहजीकरण गरिएकाे थियाे ।



