एमालेले पाल्पामा गर्‍यो मोटरसाइकल र्याली

बोली खबर   २०८१-१२-१७


नेकपा एमालेले गणतन्त्रको पक्षमा आज देशभर प्रदर्शन गरिरहेको छ ।

केही जिल्लामा मोटर साइकल र्‍याली निकालिएको छ भने बाँकी जिल्लाहरूमा प्रदर्शन निकालिएको छ ।

सोहि अबसरमा पाल्पाको तानसेनमा पनि मोटरसाइकल र्याली निकालीएको थियो ।

राजावादी गतिविधि बढेको भन्दै एमालेले व्यवस्थाको पक्षमा यो महिनाभर जनप्रदर्शनको कार्यक्रम राखेको छ ।

सार्वजनिक नाराहरूमा ‘दास र रैती बन्न मन्जुर छैन, गणतन्त्र– जिन्दावाद, प्रतिगमन– मुर्दावाद’ लगायतका नारा लगाउदै पाल्पामा शान्ति पुर्ण रुपमा सम्पन्न भएको छ ।
नेकपा एमाले पाल्पाले पोलिटिव्युरो सदस्य खिमलाल भट्टराईको नेतृत्वमा तानसेनको टँुडिखेलबाट मोटरसाईकल र्‍याली गरी नगर परिक्रमा गरेको हो ।

एमाले निर्वाचन चिन्ह सूर्य र पार्टी झण्डासहित कार्यकर्ताहरु गणतन्त्रको पक्षमा नाराबाजी गर्दै मोटसाइकल र्‍यालीमा सहभागी भएका हुन । तानसेनको टुँडिखेल, भिमसेनटोल, नारायाणस्थान, मेहलधारा, गैरागाउँ, भुसालडाँडा, शिवालय, भगवतीटोल, अशनटोल, मखनटोल, सिल्खानटोल टक्सार हुँदै पुनः टुँडिखेलमा पुगेर मोटरसाइकल र्‍याली कोषसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै एमाले पोलिटिव्युरो सदस्य खिमलाल भट्टराईले दुई/चार जना बोल्दै, लुटतन्त्र मच्चाउँदैमा, अराजक गतिविधी गर्दैमा सजिलै गणतन्त्र हटेर राजतन्त्र नआउने ठोकुवा गर्नु भएको छ । राजावादीहरुले पैसाको भरमा, गुण्डागर्दीको भरमा, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड लुटपाट तथा हत्या हिंसाको भरमा राजतन्त्र ल्याउन खोज्नु मुर्खता मात्र भएको एमाले स्थायी कमिटी सदस्य भट्टराईले बताउनु भएको छ। कुनै पनि व्यवस्था, विधि, प्रक्रिया, जनमतको आधारमा मात्र परिवर्तन हुने भएकाले राजावादीको अराजक गतिविधीले गणतन्त्र अझै बलियो भएको उहाँको भनाई छ । कोणसभालाई सम्वोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओमबहादुर घर्तीमगरले लोकतान्त्रिक गणतन्त्रलाई सफल र सुढृड बनाउन जिल्ला–जिल्लाबाट राजनीतिक कार्यकर्ताहरुले सक्रिय भूमिका खेल्ने बताउनु भएको छ । लोकतान्त्रिक गणतन्त्रमा  मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले गणतन्त्रको विकल्प गणतन्त्र नै भएको एमाले कार्यकर्ताले जोड दिनु भएको छ । उहाँले गणतन्त्रको पक्षमा एमालेको शक्ति प्रदर्शन भइरहेको छ । जनता राजतन्त्रको पक्षमा छैन भन्ने सन्देश दिइ र्याली गरीएको अध्यक्ष घर्तिले बताउनु भएको छ ।

कोण सभाको सन्चालन सचिव रामजी पोखरेलले गर्नु भएको हो ।