‘फोनिज’ पाल्पा शाखाको अध्यक्षमाः राना

बाेलीखबर   २०८१-१२-१८

पाल्पा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाल्पा शाखाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । सोमबार भएको शाखाको पाँचौं अधिवेशनले इमान सिं रानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

उपाध्यक्षमा एवत सारु, सचिवमा धन बहादुर ठाडा, सहसचिवमा मीना कुमाल, कोषाध्यक्षमा अनिल लिगल रहनु भएको निर्वाचन समितिका संयोजक रेखीराम रानाले जानकारी दिनुभयो । होम राई मगर, पुनाराम सुनारी, विमल कुमाल, रुपा थापा र प्रेम कान्छा राईलाई सदस्यमा चयन गरिएको छ । बाँकी तीन सदस्य पछि मनोनयन गरिने छ । तानसेन कैलाशनगरमा भएको अधिवेशनले केन्द्रीय प्रतिनिधिमा देव पचभैया, निवर्तमान अध्यक्ष रन बहादुर कुमाल, राजेन्द्र लिगल, मिना कुमारी कुमाल र रुपा थापालाई चयन गरेको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा दान बहादुर हिस्की, दिल बहादुर गाहा, होम राई, प्रेम कान्छा राई र यम बहादुर थापा रहनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष रानाले आदिवासी जनजातिका मुद्दा उत्थान संगै समग्र नेपाली पत्रकारिताको हितका लागि काम गर्ने बताउनुभयो । निवर्तमान अध्यक्ष रन बहादुर कुमालले अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दै फोनिजलाई थप सक्रिय बनाएर अघि बढ्न नयाँ कार्यसमितिलाई शुभकामना दिनुभयो ।