रामपुर साकोसले नबोदित सहकारी लमजुङलाइ आफ्नो कार्यालयमा स्वागत गरेको छ ।नबोदित बचत तथा ऋण सहकारी सस्था लमजुङले रामपुर बचत तथा ऋण सहकारीको भ्रमण गरेको छ ।सोहि अबसरमा रामपुर बचत तथा ऋण सहकारीले स्वागत गरेको हो । मङ्गलबार २२ जनाको समुह सहित सहकारीको भ्रमण गर्न नबोदित सहकारी रामपुर आइपुगेको थियो।
रामपुर सहकारीले एक कार्यक्रम गरी लमजुङ देखि आएको नबोदित सहकारीको समुहलाइ स्वागत गरेको छ । स्वागतको सिलसिलामा एक अर्काको सहकारीको हालको अबस्था समस्या र समाधानका बिषयमा छ्लफल गरीएको छ ।
छलफल रामपुर साकोस अध्यक्ष गुरु प्रसाद रेग्मीको अध्यक्षतामा भएको थियो । अध्यक्ष रेग्मिले बोल्दै रामपुर साकोस ६८ करोड बराबरको कारोबार गरीरहेको जानकारी दिनु भयो । उहाँले रामपुर आउनु भएको छ , यहाँका धार्मिक, पर्यटकिय क्षेत्रको पनि अबलोकन गर्न हुन अनुरोध गर्नु भएको छ ।
रामपुर साकोस्का उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागतबाट सुरु भएको भेटघाट कार्यक्रममा नबोदित सहकारीका अध्यक्ष रमेश चन्द्र अधिकारीले १२ करोड बराबरको कारोबार आफ्नो सस्थाले गरेको जानकारी गराउनु भयो । नबोदित सहकारीमा हाल कुल शेयर सदस्य १७८५ रहेको बताउनु भएको छ । दुबै सहकारीले आफ्ना गतिविधि र मायाको चिनो साटासाट गर्नु भएको छ ।




