चैत २० ।
पाल्पा, रामपुर बचत तथा ऋण सहकारी संस्थाले ६८ औँ राष्ट्रिय सहकारी दिवसको अबसरमा भित्ते पात्रो विमोचन गरेको छ । दिवसको अवसरमा आयोजित कार्यक्रमको अवसरमा नयाँवर्ष २०८२ को पात्रो विमोचन गरीएको हो।
‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्नेका साथ यस बर्ष सहकारी दिवस देशभर विभिन्न कार्यक्रम भएको छ ।
संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समिति सभापति एवं सस्थाका सस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठ रहेनु भएको थियो। । प्रमुख अतिथि सभापति श्रेष्ठले क्यालेन्डर विमोचन गर्नुहुँदै अबको सन् २०३० मा दिगो विकासको लक्ष्य प्राप्ती गर्न प्रबिधीमा जोड दिनुपर्ने बताउनुभयो । सहकारीको नाममा ठगी गरेर कमाउने केही व्यक्तिका कारण अहिले सहकारीप्रति शंकाको दृष्टिकोणले हेर्ने गरिएको हुँदा सबै सहकारीलाई ठगी, समस्याग्रस्तको रुपमा हेर्न नहुने उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष रेग्मीले सहकारी दिवसको अवसर पारेर संस्थाको वार्षिक क्यालेण्डर विमोचन गरिएको जानकारी दिनु हुदै सहकारीले सामुदायिक आर्थिक समृद्धिका योगदान दिने बताउनु भएको थियो ।
शुभकामना दिनेहरुमा सहकारी कार्यक्रममा संस्थाका सल्लाहकार नगिलाल पौडेल, संस्थाका कोषाध्यक्ष बन्दना पोखरेल, सञ्चालक समिति सदस्य हजिलदिन मिया, अनुगमन उपसमिति सदस्य विशाल श्रेष्ठ लगायतले बोल्दै सहकारी समाज विकासको आधार बनाउन व्यापारी, व्यावसाय , उद्यमी , लघु उद्यमी र कृषि र कृषकलाइ प्रोत्साहन गर्ने गरी कार्यक्रम गर्नु पर्ने बताउनुभयो ।
संस्थाका उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव किर्तिनाथ श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा सञ्चालक समिति, सल्लाहकार, विभिन्न उपसमिति, कर्मचारी लगायत सहभागीता रहेको थियो ।




