‘भम्बक युथ क्लव’द्धारा रामघाटमा सरसफाई कार्यक्रम सम्पन्न

बाेलीखबर   २०८१-१२-३०

पाल्पा । रामपुर नगरपालिका वडा नं. ५ मा रहेको लक्ष्मीनारायण गुठी रामघाट परिसारमा सरसफाई गरेको छ । भम्बक युनाईटेड युथ क्लवका युवाहरु मिलेर मन्दिर परिसर सरसफाई गरेको हो ।

क्लवको नियमित कार्यक्रम अनुसार उक्त क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । लक्ष्मीनारायण गुठी रामघाट मन्दिरका सचिव मिनराज रेग्मीले युवाहरुको यो उदाहरणीय कामलाई धन्यवाद दिदै सामाजिक कार्यमा थप सशक्त भएर लाग्न आग्रह गर्नु भयो ।

क्लबका अध्यक्ष बालकृष्ण कुमालले क्लवको नियमित कार्यक्रम अन्र्तगत यो हप्ता सरसफाई कार्यक्रम रहेकोले रामघाट परिसारमा सरसफाई कार्यक्रम आयोजना गरेको बताउनु भयो । सरसफाई कार्यक्रमलाई सफल पार्न माक्स पन्जा सौजन्य गर्नुहुने सिटी मेडिकल हलका संचालक अमृत काफले तथा खानेपानी तथा विस्कुट सौजन्य गर्नुहुने दिपक लम्साल तथा यो अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण क्लबका सदस्य तथा स्वयसेवकहरुलाई धन्यवाद दिनुभएको थियो । यो क्लवले यसअधि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

रामनवमीको अवसरमा ३ हजार जना तिर्थालुभक्तजनहरुलाई खुदो पानी वितरण गरेको क्लबका सल्लाहकार गोविन्द रानाले बताउनु भयो ।