रामपुर नगरपालिका वडा नं ३ कामीगाउँ मा बिस्वकर्मा बाबा मन्दिर मुर्ति प्राण प्रतिस्ठा एवं मन्दिर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
श्री बिस्वकर्मा बाबा मन्दिर निर्माण समितिका अध्यक्ष मोहन बि क को अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य , अर्थ उद्योग तथा पर्यटन सभापति माननीय राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले धर्म तपाईं हामी बिचको आस्था हो, सद्भाव हो । आधुनिकता संगै धर्मको नाउँमा पश्चिमेली संस्कृति भित्रीदै आएका छन सबैभन्दा पहिले हामी त्यस्ता देखावटी संस्कार लाई त्याग गरेर हाम्रो हिन्दु धर्म र संस्कृति लाई जगेर्ना गर्नु आवस्यक छ। मानिस मानिस बिचको विभेद अन्त्य गर्नका लागि पनि विभिन्न तह बाट प्रयत्न र पहल गर्नुपर्दछ, आगामी आर्थिक बजेटमा ठुला तथा साना योजना हरु समेत यो वडालाइ समेटिएको छ अझै यो उत्पीडित बस्तिलाइ प्रत्यक्ष रुपमा समेट्ने बिकास निर्माणका योजना बनेका छन र त्यस्लाइ कार्यान्वयन गर्नका लागि आफुले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।
केन्द्रिय सल्लाहकार परिषद सदस्य पुर्ब माननिय युवराज खनालले समाज बिकास गर्नु छ भने पहिले त्यस ठाँउको उत्पीडित समुदायको उत्थानका लागि पहल गर्नु आवस्यक छ। हरेक दृष्टिकोण बाट उत्पीडित समुदाय लाई माथी उठाएर उनिहरुको आर्थिक , शैक्षिक र ब्यक्तिगत रुपमा सबल र सक्षम गराउन मद्दत गर्नुपर्नेमा जोड दिनुभयो।
सदियौ देखि पछाडी पारिएका सिल्पी समुदायको उत्थान , हेरिने र गरिने ब्यबहारमा परिबर्तन ल्याउने उद्धेश्यले आफ्नो ठाँउमा बिस्वकर्मा बाबाको मन्दिर निर्माण गर्नका लागि मन्दिर निर्माण समिती गठन गरि आवस्यक आर्थिक पहलका लागि जुटेर रामपुर नगरपालिकाको रु एक लाख रुपैयाँ आर्थिक सहयोग बाट मन्दिर निर्माण सुरु गरि जनश्रमदान , पन्चैबाजा समूह बाट र विभिन्न निकायका ब्यक्तित्वहरुको सहयोग बाट पाँच लाख तिर्यानब्बे हजार छ सय छ रुपैयाँ लागतमा बिस्वकर्मा बाबा मन्दिर निर्माण भएको र बचत एक लाख एकतीस हजार नौ सय सत्तरी रुपैयाँ रहेको उत्पीडित जातिय मुक्ति समाज प्रदेश सल्लाहकार सदस्य सुन्दर बिकले जानकारी गराउनुभएको थियो।
केश ब नेपालीको स्वागत बाट सुरु भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य पुर्ब माननिय युवराज खनाल , रामपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष दामोदर पाठक , रामपुर नगरपालिका वडा नं ४ का वडा कमिटी अध्यक्ष राम बहादुर राना, नेकपा एमाले ३ न वडा कमिटी अध्यक्ष इश्वरी खनाल ,जनबिकास उच्च माध्यमिक बिद्यालयका प्र अ पशुपति खनाल ,रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे , कामी गाउँ टोल बिकास समिति अध्यक्ष देव ब बि क ,दलित बर्ग उत्थान समन्वय समिति नगर सल्लाहकार सदस्य अर्जुन सुनार , पुर्बी पाल्पा मजदुर ब्यबस्थापन समिति अध्यक्ष यम ब सुनार दलित बर्ग उत्थान समन्वय समिति नगर सचिब सन्जु परियार ,पुर्ब कार्यपालिका सदस्य देव बहादुर दर्जी लगाएतले आ-आफ्ना भनाइ राख्नुभएको कार्यक्रमको सन्चालन लक्ष्मण कामीले गर्नुभएको थियो ।




