पाल्पा । रामपुर,पाल्पा ज्योतिपुञ्ज क्लव रामपुर पाल्पाले दोश्रो ज्योतिपुञ्ज कप फुटवल प्रतियोगिता २०८१ को आम्दानी खर्च सार्वजनिक गरेको छ। ज्योतिपुञ्ज युवा क्लव रामपुर पाल्पाको २८ अेों वार्षिकोत्सवको अवसरमा रामपुर नगरपालिका संरक्षक भै ‘राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुलमन्त्रका साथ मिति २०८१कार्तिक०३ देखि१०गते सम्म रामपुर ७किसानवारीमा सम्पन्न भएको दोश्रो ज्योतिपुञ्ज कप फुटवल प्रतियोगिता २०८१ मा भएको कूल आम्दानी र खर्च सार्वजनिक एक कार्यक्रमका बीच सम्पन्न गरेको हो।

रामपुर ७ किसानवारीमा रहेको कालीगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टरको सभाहलमा क्लवका अध्यक्ष सुदिप गौतमको अध्यक्षता र रामपुर न पा वडा नं १ का वडाध्यक्ष एवम् नगर प्रवक्ता कपिल वहादुर खाँणको प्रमुख आतिथ्यता ,रामपुर उद्योग वाणिज्य सँघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल विशिष्ट अतिथि र ज्योतिपुञ्ज युवा क्लवका पदाधिकारी ,समिति सदस्यहरु,पत्रकार,आमा समुह,सल्लहकार र समाजसेवीहरुको उपस्थितिमा खर्च सार्वजनिक कार्यक्रम गरिएको हो । ज्योतिपुञ्ज युवा क्लवका अध्यक्ष सुदिप गौतमद्वारा कूल आम्दानी २९ लाख ४ सय ४० रुपैयाँ र खर्च रु २५ लाख ३९ हजार ५ सय ८५ गर्दा जम्मा वचत अक्षेरुपी ३ लाख ६० हजार ८ सय ५५ को प्रस्तुत भएको प्रतिवेदन अनुमोदन भएको छ। दोश्रो ज्योतिपुञ्ज कप फुटवल प्रतियोगिता २०८१ को अवसरमा भएको वचतबाट केहि रकम फुटवल खेलकै विकासमा लगाउने योजना रहेको क्लवका उपाध्यक्ष सोम प्रसाद श्रेष्ठले जानकारी गराउनु भयो। खर्च
सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामपुर नगर प्रवक्ता कपिल बहादुर खाँणले दोश्रो ज्योतिपुञ्ज कप फुटवल प्रतियोगिता २०८१ को अवसरमा भएको खेलकुदले यस उपत्यकामा अथवा नगरपालिकाभित्रका अन्य क्लवहरुलाई सामाजिक कार्यमा लाग्न प्रेरणादायी भुमिका खेलेकोमा क्लव परिवारलाई नगरपालिका परिवारको तर्फबाट हार्दिक धन्यवाद दिनुभएको थियो ।
प्रतियोगिता अनुशासित र भव्य रुपमा सम्पन्न गरेको,आर्थिक अनुशासनमा रहि खर्च सार्वजनिक गरेकोमा धन्यवाद दिंदै आगामि दिनमा पनि कार्यक्रम गर्दा विश्वास प्राप्त भै कार्यक्रमले निरन्तरता पाउने प्रमुख अतिथि खाँणले बताउनुभयो।
खर्च सार्वजनिक कार्यक्रममा रामपुर उद्योग वाणिज्य सँघका अधयक्ष भोजेन्द्र प्रकाश ढकाल,एन्फा पाल्पाका सहसचिव हरि बहादुर ज्ञवाली खेल संयोजक अनिल शाही,पूर्व राष्ट्रिय खेलाडी कालु थापा,एन्फा रेफ्री केशव श्रेष्ठ,सल्लाहकार रुपनाथ गौतम लगाएतले शुभकामना एवं धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम ज्योतिपुन्ज युवा क्लवका पूर्व अध्यक्ष कृष्ण पौडेलको संचालनमा भएको थियो ।


