सप्ताह व्यापी व्यक्तिगत घटना दर्ता अभियान समापन।

बोली खवर   २०८२-०१-०८


बासुदेव ढकाल
रामपुर पाल्पा
बैसाख ८
नेपाल सरकार राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सप्ताह व्यापी व्यक्तिगत घटना दर्ता सम्बन्धिस सचेतना अभियान रामपुर नगरपालिकामा सकियएकोछ ।जन्म,मृत्यु ,विवाह बसाईसराई र सम्बन्ध विच्छेद जस्ता घटना घटेको ३५ दिन भित्र दर्ता गरी सरकारलाइ आधिकारीक सुचना दिनु पर्ने र यसको महत्वबारेमा आम सेवाग्राहीमा जानकारी गराउन सचेतना मूलक बिभिन्न कार्यक्रम संचालन गरी आईतवार समापन भएको हो ।
रामपुर नगरपालिकाको आयोजनामा नगरका दश बटै वडामा सचेतना मुलक ब्यानर राख्ने सेवाग्राहीलाइ जानकारी गराउने,वडा नं.९ र २मा अभिमुखिकरण कार्यक्रम संचालन तथा जानकारी मुलक सूचना स्थानिय मिडियामा प्रसारण प्रकाशन तथा माइकिङ्ग गरी सकिएको हो
अभिमुखिकरण कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले राज्यको नीति तथा विभिन्न कार्यक्रम तय गर्नका लागि व्यक्तिगत घटना दर्ता महत्वपूर्ण रहेको बताउनुभयो ।घटना दर्ताले व्यक्तिलाई राज्यले दिने सेवा सुविधा र नागरिकका लागि तय गर्ने विभिन्न कार्यक्रम निर्माण गर्न सहज हुने बताउनुभयो । व्यक्तिगत घटना दर्ता अनिवार्य गर्नु पर्ने भन्दै उहाँले कानुनी प्रावधान अनुसार समयमै गर्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले सानो लापरवाही र अभिभावकको वेवास्ताले बालबालिकाको भविष्यमा समेत असर पुग्न सक्ने भएकाले घटना दर्ता गर्दा सचेत हुनु पर्ने बताउनुभयो ।
वडा नं.९ को कार्यालय भवन जब्गादीमा भएको कार्यक्रममा वडा नं.९ का अध्यक्ष डिल बहादुर रानाले व्यक्तिगत घटना दर्ता समयमै गर्नु पर्ने भन्दै यसले वडाले सञ्चालन गर्ने वार्षिक कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो । साथै व्यक्तिगत घटना दर्ता सप्ताहले घटना दर्ताका लागि सहज रुपमा कार्यान्वयन गर्न सजिलो हुने बताउनुभयो ।

त्यस्तै रामपुर नगरपालिका वडा नं.२ वडाध्यक्ष कृष्ण वहादुर दर्जिको अध्यक्षतामा माइकिङ्ग सहित अभिमुखिकरण कार्यक्रम समापनमा वडाध्यक्ष दर्जिले कति पय कानुनी जटिलताले घटना दर्ता हुन नसकेको काम रहेकोले धेरै महत्व रहेको घटना दर्ताको जटिलतालाइ सहज कानुनी ब्यबस्था र व्यवहारीकताले समाधान गर्नु पर्ने आवश्यकता औल्याउनु भयो । अभिमुखिरणमा घटना दर्ता दर्ताका कानुनी व्यबस्था र शंशोधन गर्न पाउने न्यूनतम आधारका बारेमा पञ्जीकरणा शाखा प्रमुख प्रतिमा घिमिरेले जानकारी गराउनु भएको थियो । अभियानकाबारेमा समाजसेवी वोम वहादुर थापाले घटना दर्ता गर्दाको जटिलताका बारेमा जन गुनासो राख्नु भएको अभिमुखिकरण सहित समापन कार्यक्रमको संचालन वडा नं.५का कार्यालय सहायक बासुदेव ढकालले गर्नु भएको थियो ।