निजामती कर्मचारी संगठनले ११ बुधे ज्ञापन पत्र पाल्पाका जिल्ला अधिकारीलाइ बुझाएको छ।
निजामती कर्मचारी ऎन निर्माण गर्दा २०८० असोजमा भएको सम्झौता अनुसार गर्नु पर्ने माग रहेको छ । विगतमा भएका सम्झौता अनुसारको माग अनिवार्य समावेश गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी तोयानारायण सुबेदि मार्फत प्रतिनिधि सभाका सभामुख समक्ष ज्ञापनपत्र पठाउनुभएको हो। पाल्पाका निजामती कर्मचारी संगठनका अध्यक्ष भोज बहादुर राना,नेपाल निजामती कर्मचारी युनियनका सचिव ओम प्रकास न्यौपाने, राष्ट्रिय कर्मचारी संघठन निजामतीका सचिब मोहन ज्ञवाली ,एकीकृत कर्मचारी संगठनका अध्यक्ष राजिब न्यौपाने लगायतले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाउनु भएको हो ।
सोमबार ७७ वटै जिल्लाबाट ज्ञापन पत्र पठाउने कार्यक्रम रहे अनुसार पाल्पामा पनि बुझाइएको हो। कर्मचारी संगठनले पठाएको ज्ञापन पत्रमा सुशासन पारदर्शिता निष्पक्षता र जन उत्तरदायित्वमा आधारित सार्वजनिक प्रशासन निर्माणका लागि छिटो भन्दा छिटो संघीय निजामती सेवा ऎन जारी गर्न सरकार समक्ष माग गरीएको छ ।
संघीय प्रणाली सुरु भएको दशकौ बर्ष सम्म पनि ऎन नबन्दा संघ ,प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको छाता कानुन अभाव रहेको प्रशासन अन्योल र अस्थिरताको चक्रमा परेको उल्लेख गर्दै आफूहरूका माग समेटिएर तत्काल ऎन जारी नभए सशक्त आन्दोलन सुरु गर्ने कर्मचारीहरूको चेतावनी छ उनीहरुले निजामती कर्मचारी अन्तर्गत संघ प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई सम्झनुपर्छ भन्ने विषय परिभाषामा समेट्नु पर्ने संघ प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध कायम हुने गरी पेशागत हक हित र अधिकारका लागि संगठित हुन कार्यालय प्रमुख हुने बाहेक शाखा अधिकृत वा आठौं तहसम्मका कर्मचारीहरु सदस्य हुन पाउने गरी सामुहिक सौदाबाजि सहितको राष्ट्रिय स्तरको टेर्ड युनियन आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरेको छ। राजपत्र अंकित दितिय श्रेठी तथा सहायक चौथो तहमा पदपूर्ति गर्दा खुला ७०% अन्तर्गत २०% र बढुवा १० प्रतिशत र राप तृतीय श्रेठिको पद पुर्ति सम्बन्धि व्यवस्थामा खुला ५० प्रतिशत बढुवा ४० प्रतिशत र अन्तर्तह आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत र राप दितिय श्रेठि वा नबौ तहको पद पुर्तिका लागि खुला १० प्रतिशात अन्तरतह आन्तरिक प्रतियोगिता बाट १० प्रतिशत बढुवाबाट ८०% पदपूर्ति गर्ने व्यवस्था हुनुपर्ने माग प्रस्तुत गरीएको छ । साथै योग्यता पुगेका सहायक स्तर राजपत्र अंकित श्रेठिको
कर्मचारीहरूलाई पनि राजपत्रांकित द्वितीय श्रेणीको खुल्ला प्रतियोगितामा सहभागी हुने व्यवस्था गर्नु पर्ने माग राखिएको छ । कुनै पनि पदमा ५ बर्ष अबधि भएको कर्मचारीलाइ १ तह वृद्धि १० वर्ष वा सोभन्दा बढी सेवा अवधि भएको कर्मचारीलाई पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनबाट कम्तिमा ९० प्रतिशत अङ्क प्राप्त गरेका प्रचलित कानुन बमोजिमको योग्यता पुगेका कर्मचारीलाई दुई तह वा एक श्रेणी वृद्धि गरी तह मिलान गर्नु पर्ने प्राविधिक सेवामा कार्यरत कर्मचारीहरूको बढुवाको हकमा सेवा प्रवेश गर्दाको शैक्षिक योग्यता वा सेवा प्रदेशको लागि तोकिएको तालिम आधारमा नै बढुवा गर्ने व्यवस्था गर्ने साथै बढुवाको सम्भाव्य उम्मेदवार हुन राजपत्रांकित कर्मचारीको हकमा पाँच वर्ष र राजपत्र अनंकित कर्मचारीको हकमा ३ वर्ष कायम व्यवस्था गर्ने माग रहेको छ ।
संघीय निजामती सेवा ऎन जारी भए पछि सङ्घिय ,प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाइ एक पटकका लागी समायोजनका लागी छनोटको अवसर प्रदान गर्नु पर्ने उल्लेखित गर्दै निजामती कर्मचारीको सरुवा प्रणालीलाइ व्यवस्थित गर्न सकृय र पुर्मानुमान योग्य बनाउदै सम्बन्धित प्रदेश तथा स्थानीय तहहरुको सहमतिको आधारमा अन्तर प्रदेश सरुवाको व्यवस्था गर्नु पर्ने मागमा जोड दिनु भएको छ ।
संघ प्रदेश स्थानीय तह जुन सुकै तहमा कार्यरत कर्मचारीले खुला आन्तरिक प्रतिस्पर्धा बाट अर्को तहमा नियुक्त भएमा निजको सेवा निरन्तरताको लागी साथै निबृति भरण पाउने गरी नियुक्ति भएको कर्मचारीले प्रदेश तथा स्थानीय तहमा आन्तरिक तथा खुला परीक्षा उत्रिण गरेमा निबृतिभरण पाउनु पर्ने प्राबधान कायम गर्नु पर्ने ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।
अस्थाइ करारमा काम गरेका कर्मचारीलाइ एक पटक उमेरको हद नलाग्ने गरी सिमित प्रतियोगिता बाट स्थायि गर्ने र हुन नसक्ने कर्मचारीलाइ स्थायि सरहको उपदान दिएर अवकाश दिनु पर्ने , र करारमा नियुक्ति गर्नु परेमा लोकसेवा आयोगको अस्थायी सुचिमा परेका उमेदवारलाइ नियुक्ति दिनु पर्ने माग रहेको छ ।लोकसेवा आयोग२०७६ सालमा नियुक्ति स्थानीय तहमा कार्यरत कर्मचारीहरुको दोहोरो सहमतिका आधारमा काम काज गर्न घटाइएको कर्मचारीलाइ कार्यरत रहेको स्थानीय तहमा पदस्थापन उल्लेख छ ।
स्वास्थ सेवा र सम्सद सेवालाइ निजामती सेवामा समाबेश गर्दै बिषिस्ठिकृत सेवाको रुपमा बिकास गर्नु पर्ने उल्लेख गर्दै राजपत्रांकित बिशिस्ठ श्रेठिको पदमा अनिरिक्तत पद सचीवको पद सृजना गर्दा निजामती सेवा ऎन लागु भए पछि नियुक्त हुँदा अनिरिक्त सचीव सेवा अबधि तोकिनु पर्ने बुझाउनु भएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदिले जायज माग पुरा गरी ऎन जारी हुँदा सबै कर्मचारीका हक र अधिकार पुरा हुने हुँदा ज्ञापनपत्र सम्बन्धि निकायमा पुर्याउने बताउनु भएको छ ।



