रामपुर बाट ११ वटा गोरु सहित दुई चालक प्रहरीको नियन्त्रणमा

बोली खबर   २०८२-०१-०९

वैशाख ९ ।पाल्पा, कालीगण्डकी करिडोर भएरको बाटो भएर लैजादै गरेको अबैध गोरु प्रहरी नियन्त्रणमा आएको छ । अबैध रुपमा लैजादै गरेको अवस्थामा रामपुर बाट ११ वटा गोरु सहित दुई जना व्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई वटा पिकअप गाडीमा गोरु लिएर जाँदै गरेको अवस्थामा रामपुर नगरपालिका–१ काँशीवन बाट गोरु संगै गाडी र चालकलाई सोमबार नियन्त्रणमा लिएको हो ।

अर्घखाँची बाट तनहुँको आँबुखैरेनी तर्फ गोरु लैजाने गरेको अवस्थामा बा २१ च ८९२८ नम्बरको पिकअपमा ५ वटा र प्रदेश नं. २–०३–००१ च ३३५६ नम्बरको पिकअपमा ६ वटा गोरु सहित चालकहरुलाई नियन्त्रणमा लिएको हो । स्थानीयको सूचनाका आधारमा चेक जाँच गर्ने क्रममा क्षमता भन्दा बढी कोचेर घाउ चोट लाग्ने गरी निर्दयीपूर्वक यातना दिई ल्याएको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा बा २१ च ८९२८ का चालक बारा जितपुर सिमरा उप–महानगरपालिका २ बस्ने २२ वर्षीय महेश भोलान र प्रदेश नं. २– ०३–००१ च ३३५६ का चालक हेटौडा उप–महानगरपालिका १७, मकवानपुर बस्ने २८ वर्षीय सिशान थिङ रहेको प्रहरीले जनाएको छ । गाडी र दुवै चालकलाई जिल्ला प्रहरी कार्यालयमा लगी थप अनुसन्धान भैरहेको जनाएको छ । नियन्त्रणमा लिएको गोरुलाई उद्धार गरी रामपुर नगरपालिकाको समन्वयमा रामपुर नगर गौशाला रामपुर ६ तातोपानीमा लगिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले जानकारी दिनुभयो ।