
राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको दोस्रो रामपुर नगर अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनमा युवा संघ लुम्बिनी प्रदेशका सदस्य एवं रामपुर नगर कमिटी उपाध्यक्ष अशोक श्रेष्ठले स्वागत मन्तव्य
न्याय प्रेमी युवाहरु राष्ट्रिय युवा संघमा , सामाजिक परीवर्तन युवाको काधमा भन्ने नारा सहित भएको अधिबेशनमा मुख्य बक्ता नेकपा एमालेका केन्द्रिय सल्लाहकार परीषद सदस्य युबराज खनालले बोल्दै नेकपा एमाले मात्र बिकास र समृद्धिको लागी सर्बहारा श्रमजीवी बर्गको न्याय र समानताका लागी काम गर्ने पार्टी रहेको बताउनु भएको छ ।
प्रमुख अतिथि लुम्बिनी प्रदेश राष्ट्रिय युवा संघ अध्यक्ष समिर खरेलले बोल्दै सामाजिक संजालको गलत प्रयोगका कारण अहिले अराजकता फैलिएको बताउदै युवालाइ स्वरोजगार बनाउदै चुनावमा मात्र होइन अरु बेला पनि सृजनशिल बनाउन जरुरी रहेको बताउनु भएको छ ।
लुम्बिनी प्रदेश सल्लाहकार परीषद सदस्य एवं अर्थ उद्योग तथा पर्यटन समिति राजु प्रसाद
श्रेष्ठले बोल्दै देशी बिदेशी राष्ट्रिय अन्तर्राष्ट्रिय शाक्तिहरु गणतन्त्रलाइ धाराशाहि बनाउन लागी परेको बताउदै अहिले सन्कटको घडिमा एक भएर देश र गणतन्त्रको रक्षाका लागी युवा एक हुनु पर्ने बताउनु भएको छ ।
शुभकामना दिनेहरूमा युवा संघ जिल्ला कमिटी अध्यक्ष कृष्ण कार्की, नेकपा एमाले जिल्ला सदस्य बिष्णु सारु , अखिल नेपाल महिला संघ रामपुर नगर कमिटी अध्यक्ष राधिका भण्डारी लगाएतले आफ्ना भनाइ राख्नु भएको छ ।
अधिबेशनको अध्यक्षता जिल्ला सह सचीव रामपुर इन्चार्ज हरी बहादुर ज्ञवालीको अध्यक्षमा भएको थियो ।सन्चालन अनेरास्ववियु जिल्ला उपाध्यक्ष सन्देश ढकालले गर्नु भएको थियो ।


