माथागढी गाउँपालिकामा रहेकोे ज्ञानोदय आधारभूत विद्यालय मङ्गलबार देखि सन्चालनमा

बोली खबर   २०८२-०१-०९


पिर्थ थापा मगर
माथागढी गाउँपालिका वडा नम्बर १ चिदीपानीमा रहेकोे ज्ञानोदय आधारभूत विद्यालय मङ्गलबार देखि सन्चालनमा आएको छ। अभिभावकले दिएको चर्को दबाब पछि विद्यालय संचालन भएको भन्ने समाचार बहिरिए पछि माथागढी गाउँ पालिकाका शिक्षक तथा विद्यालय कर्मचारीहरुले घोर आपत्ती जनाएका छन।
शिक्षकहरु शिक्षा ऎन जारी गर्ने माग गर्दै काठमाडौ केन्द्रित भएको अवस्थाको विषयमा जानकार हुँदा हुँदै पनि अभिभावकहरुलाई अन्य व्यक्तिहरुले दबावमा पारेर विद्यालय संचालन गर्न माग राख्न पठाएको भन्ने शिक्षक तथा विद्यालय कर्मचारीहरुले आरोप लगाएका छन।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका माथागढी गाउँ पालिकाका वडा नम्बर १ चिदीपानीका वडा अध्यक्ष राज कुमार पन्थीले भने शिक्षकहरुले सरकारमा गरेको माग प्रति आफुहरु सकारात्मक रहेको तर विद्यालय बन्द गर्दा विद्यार्थीहरुको माेनाेविज्ञानमा असर पर्ने भएकोले विद्यालय खोल्ने निर्णय गरेको बताउनु भएको छ। निजि बोर्डिङ स्कुलहरुले विद्यार्थीहरु फकाउन घर-घरमा आएकोले विद्यालय तथा विद्यार्थीहरु बचाउनको लागि भए पनि काठमाडौ केन्द्रित शिक्षक आन्दोलनलाइ नैतिक समर्थन गर्दै , गएर बाकी रहेका शिक्षकहरुले विद्यालय संचालन गर्नु पर्छ भनि अभिभावकहरुले दबाब दिए पछि विद्यालय संचालन गर्न आफुहरु बाध्य भएको बताउनु भएको छ।