राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने गरि लुम्बिनी सरकार बिकासकाे काममा अघि बढिरहेकाे छ मुख्यमन्त्रीःआचार्य

बाेलीखबर   २०८२-०१-१२

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने गरि दुई ठुला दल मिलेर बनेको अहिलेको सरकार नढल्ल्ने भन्दै अहिले लुम्बिनी सरकारले धेरै काम गरेको बताउनु भएको छ । आज होटेल न्यू श्रीनगर रामपुर पाल्पमा भएको पत्रकार भेटघाट कार्यक्रम उक्त कुरा बताउनु भएको हो । मुख्यमन्त्री आचार्यले धेरै सुधार गर्दै अघि बढेको बताउदै खर्च कटौतीमा लागेको समेत उल्लेख गर्नु भएको छ ।

पत्रकार सम्मेलका बोल्दै मुख्यमन्त्री आचार्यले २२ सय किलोमीटर कालोपत्रे, १५ हजार किलोमीटर ग्राबेल ४सय किलोमीटर ढलाने सडक, २ सय ५० भन्दा बढी पक्की पुल निर्माण १५ लाख बढिले सुद्द खानेपानी पाएको बताउनु भएको छ । उहाँले कृषि यान्त्रिकिकरण तर्फ जादै गरेको बताउनु भएको छ । कालीगण्डकी डाइभर्सनको बिषयमा बोल्दै उहाँले प्रदेश स्पष्ट नभएको जानकारी गराउनु भएको छ ।

पत्रकार महासंघ पाल्पाकाका सह-सचिब दानु हिस्की मगरको स्वागतबाट सुरु भएको पत्रकार भेटघाटको अध्यक्षता उपाध्यक्ष बन्दना पोखरेलले गर्नु भएको थियो भने सन्चालन दुर्गेश थापाले गर्नु भएको हो ।