कालीगण्डकी खोँचमा एक महिला मृत फेला

बोली खबर   २०८२-०१-१६


पाल्पा, रम्भा गाउँपालिका–३, राम्दीमा एक जना महिला मृत अवस्थामा फेला परेको छ । बगनासकाली–५, बस्ने ३४ वर्षीया गंगा माझी कालीगण्डकी नदी खोँचमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बगनासकाली –६ दर्पुक माईति घर भई वडा नं. ५, यम्घास्थित मानबहादुर दर्लामीको घरमा डेरा लिएर बस्नुभएकी माझी मङ्गलबार बिहान ८ः१० बजे मृत फेला परेकी पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

मृत फेला परेको जानकारी हुन साथ गएको प्रहरीको टोलीले प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाईएको उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।