सन्देश ढकाल
निस्दी गाउँपालीका वडा ५ वेलघाटमा झोलुङ्गे पुल शिलान्यास गरिएको छ
शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश सभा अर्थ,उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठ रहनु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले बोल्दै ढुङ्गानाबेशीमा रहेका कृषक निस्दी वारीपारी गर्न कठिन भएकोले कृषि प्रयोजनका लागि पुल निर्माण हुन लागेको बताउनु भएको छ ।उहाँले बोल्दै अब यो क्षेत्रमा व्यवासायिक रुपमा तरकारी खेती र अन्य खेती बृहत रुपमा अगाढी बढाउनु पर्ने बताउनु भएको छ।
कार्यक्रममा निस्दी गाउँपालिका अध्यक्ष मुक्त बा. सारुले बोल्दै पछिल्लो समय बेमौसमी तथा मौसमी तरकारी गेडागुडी अदुवा बेसार जस्ता बस्तुको निस्दी पकेट क्षेत्र बन्दै गएकोमा यस्ता पुलहरु अति आवश्यक भएको बताउदै अझ ससक्त भएर कृषि कर्ममा लाग्न अनुरोध समेत गर्नु भएको छ ।
निस्दी गाउँपालीका वार्ड नं ५ का वडा अध्यक्ष दुर्गा सोमै लगाएतले आफ्ना भनाइ राख्नु भएको थियो ।
कार्यक्रममा स्थानिय,जनप्रतिनिधि, उपभोक्ताहरु लगायतको उपस्तिथि रहेको थियो ।
उपभोक्ता समितिका अध्यक्ष सुर्य बहादुर खाम्चाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचीव एकराज आर्यलले गर्नु भएको थियो भने स्वागत अममाया मश्राङ्गीले गर्नु भएको हो ।


