सम्पुर्ण मजदुर एक हौ ,श्रमीकहरुको सम्मान राष्ट्रको अभियान भन्ने नारा सहित आज रामपुरमा श्रमिक दिवस मनाइएको छ ।
पुर्बी पाल्पा मजदुर व्यवस्थापन समिति को आयोजनामा १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको हो। वरिष्ठ उपाध्यक्ष जायश्वर पाण्डेको स्वागतबाट सुरु भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर उपप्रमुख बालकुमारी थापा प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथि उप प्रमुख थापाले बोल्दै रामपुर नगरपालिकाले अघिल्लो बर्ष देखि मजदुरको दुर्घटना बिमा गर्दै आइरहेको बताउदै थपीएका मजदुरको पनि यश बर्ष नवीकरण गर्ने बताउनु भएको छ । रामपुर नगर पालीकाले ४५० बढिको दुर्घटना बिमा गर्दै आइरहेको जानकारी गराउनु भएको छ ।
शुभकामना दिनेहरुमा वडा न १ का वडा अध्यक्ष नगर प्रवक्ता कपिल बहादुर खाणले बोल्दै आजको यो कार्यक्रमबाट श्रमका बिषयलाइ लीएर साझा एजेन्डा बताएर जानू पर्ने बताउनु भएको छ।
त्यस्तै वडा न ५ का वडा अध्यक्ष दुर्गा पोखरेलले श्रमको सम्मान गर्दै कामको गुणस्तर संगै प्रबिधी मैत्री बनाउदै लैजानु पर्नेमा जोड दिनु भएको थियो ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बोल्दै श्रमिक दिवसको इतिहासका बारेमा जानकारी गराउदै श्रम र श्रमिकको अधिकारका लागि स्थानीय सरकारले पनि जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भएको छ ।
नेकपा एमाले नगर उपाध्यक्ष विशाल श्रेष्ठले श्रमिकको हक अधिकार, स्वास्थ बिमा , श्रमिक बिमा , समान कामको समान ज्यालाका निम्ति लाग्नु पर्ने बताउनु भएको हो।
कार्यक्रममा शुभकामना दिनेहरुमा नेकपा माओबादी केन्द्रका नगर उपाध्यक्ष गीता देबि बिक, नेकपा समाजबादी रामपुरका नगर अध्यक्ष फणेश्वर गौतम , जनमोर्चा नेपालका नगर अध्यक्ष राम प्रसाद गैरे ,राष्ट्रिय प्रजातन्त्र पार्टिका बृहस्पति अर्याल ,नेपाल पत्रकार महासंघ पाल्पा शाखा उपाध्यक्ष बन्दना पोखरेल ,रामपुर इट्टा उद्योगका सन्चालक रामचन्द्र ढुंगाना लगाएतले आफ्ना भनाइ राख्नु भएको थियो ।
पुर्बी पाल्पा मजदुर व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर सुनारको अध्यक्षता, उपाध्यक्ष सुमन खाम्चाको धन्यवाद र सन्चालन महासचिव हरीबाबु पोखरेलले गर्नु भएको थियो ।
देश पुजीवादी युगमा प्रवेश गरेकोले , मजदुर भन्दा बिचौलीयाको हाबी भएको अवस्थामा श्रम र श्रमिकको अवस्थाका बिषयमा बोल्नु भएको थियो । श्रमिकको हक हित र संरक्षणका लागि सबै वक्ताहरुले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रम राम्छे सामुदायिक बनको सभाहलमा भएको थियो ।





