वालिङमा सिरक डसना उद्योगमा आगलागी हुँदा लाखौंको क्षति

बोली खबर   २०८२-०१-१९

स्याङ्जा, स्याङ्जाको वालिङमा सिरक डसना उद्योगमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शुक्रबार दिउँसो वालिङ नगरपालिका–६ मिर्दी स्थित आलमदेबी सिरक डसना उद्योगमा भएको आगलागी बाट १४ लाख पचास हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

नुवाकोट मेगन गाउँपालिका–०६ घर भई हाल वालिङ नगरपालिका–६ मिर्दीमा रमेश तामाङले संचालन गर्दै आउनु भएको उद्योगमा क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगमा मेसिन चलिरहेको अवस्थामा अचानक बिजुली सट भई आगोलागी भएको थियो । आगोलागीबाट मानविय क्षति नभए पनि कपडा पेल्ने मेसिन लगायत फाइवर, लत्ता कपडा जलेर नष्ट भएको छ ।

अन्दाजी १४ लाख ५० हजार बराबरको क्षति भएको उहाँले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।